Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवनबाट प्रतिबन्धित नेकपा विप्लव माओवादीका एक कार्यकर्ता पक्राउ

चितवनबाट प्रतिबन्धित नेकपा विप्लव माओवादीका एक कार्यकर्ता पक्राउ

images

इच्छाकामना न्युज

९, मंसिर २०७७
चितवनबाट प्रतिबन्धित नेकपा विप्लव माओवादीका एक कार्यकर्ता पक्राउ
images

चितवन, ९ मंसिर 

सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका एकजना चितवनबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार नेकपा विप्लव समूहको संगठित सक्रिय कार्यकर्ता रत्ननगर नगरपलिका–११ बस्ने प्रकाशचन्द्र ढकाललाई गत आइतबार प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर ७ गते विशेष सूचनाको आधारमा जिप्रका चितवनबाट खटिएको प्रहरी टोलीले ढकाललाई भरतपुर महानगरपालिका–६ बुद्धचोकबाट शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको जिप्रका चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए । प्रक्राउ परेका ढकालको साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, ‘सातौं पार्टी पुनर्गठन दिवश भव्यरुपमा सफल मनाऔं’ लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताब तथा दस्ताबेजसमेत बरामद गरेको पवक्ता थापाले बताए । उनलाई जिल्ला अदालत चितवनबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - १६:०९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology