Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

बारागाउँकी एक किशोरी भीरबाट लडेर मृत्यु

बारागाउँकी एक किशोरी भीरबाट लडेर मृत्यु

न्युज कारखाना

९, माघ २०७८
बारागाउँकी एक किशोरी भीरबाट लडेर मृत्यु

दिलमाया शाही, जुम्ला, ९ माघ । जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो । 

images

उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार  आईसियूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।

भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनले होस नआएर मृत्यु भएको हो ।   

मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए । मृतक किशोरी चन्दननाथ नमुना  माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन् । यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरिएको बताइएको छ । 

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १९:२०:०५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology