Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट गाउँपालिकाद्वारा दिगो सम्बन्ध स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर

देवघाट गाउँपालिकाद्वारा दिगो सम्बन्ध स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर

images

करिश्मा गुरुङ

३०, पौष २०७८
देवघाट गाउँपालिकाद्वारा दिगो सम्बन्ध स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर
images

देवघाट, ३० पुस । ‘हाम्रो देवघाट, समृद्ध देवघाट’ भन्ने मुल नारालाई आत्मसात गर्दै तनहुको देवघाट गाउँपालिकाद्वारा दिगो सम्बन्ध स्थापनाका लागि वाटर सेन्टर ट्वान्टी वान पहलसँग सहमति भई समझदारी पत्रमा हस्ताक्षर गरेको छ। कार्यक्रम भएको छ । 

देवघाट गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउन जलस्रोत, कृषि, पर्यटन, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि विविध दीर्घकालीन आयामहरू पहिल्याई सो सम्बन्धि कार्ययोजना बनाई आर्थिक श्रोत जुटाउन सकिने प्रचुर सम्भावना रहेको र सो सम्बन्धमा पछिका दिनसम्म सहकार्य गर्न सकिने हुदाँ आफुले हस्ताक्षर गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले बताएका थिए ।  उनले देवघाटको समृद्ध विकासका लागि कार्यक्रमको सुरूवात, स्वागत गरिएको बताए । 

271247365_293509396086668_7776180692730599657_n.jpg

चितवनमा मुख्य कार्यालय रहेको मुनाफा वितरण नगर्ने संस्था वाटर सेन्टर ट्वान्टी वान पहल संस्थाले स्थापना कालदेखि नै यस्तै कार्यहरू गर्दै आएको छ । देवघाट गाउँपालिका भित्रका श्रोतसाधनहरूको पहिचानः गाउँपालिका अन्तर्गत उपलब्ध विविध स्रोतसाधनहरूको परिचालन गरी तिनिहरूको सदुपयोग गर्ने उद्वेश्यका साथ समझदारी पत्रमा हस्ताक्षर गरिएको सोही संस्थाका कार्यकारी निर्देशक गुनेश्वर प्रसाद महतोले बताएका थिए । 

इच्छाकामना, माडी र देवघाट लगाएत अन्य धेरै ठाउँहरूमा यस्तै कार्यहरू गर्दै आएको बताउदैँ ५५ लाख देवघाट साउनेमा, ५१ लाख छिपछिपेमा र १ करोड ३५ लाख बराबरको फिल्टरको कार्य गरेर यो वर्ष देवघाट गाउँपालिकामा मात्रै साढे २ करोडमा विभिन्न श्रोतहरू जुटाएर कार्य गर्दै जाने महतो भनाइ थियोे । 

देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीले सहयोगी संस्था वाटर सेन्टर ट्वान्टी वान पहल संस्थालाई धन्यवाद व्यक्त गर्दै आगमि दिनहरूमा पनि रोटरी क्लव लगाएत अन्य संस्थाहरूसँग सहकार्य गरेर देवघाटको विकास गरिने बताए । 

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष भिमवहादुर गुरूङ, वडा नम्बर ४ का वडाध्यक्ष पदमवहादुर गुरूङ, वडा नम्बर ३ का कार्यपालिका सदस्य यममायाँ गुरूङ, वडा नम्बर १ का कार्यपालिका सदस्य चन्द्र प्रकाश वि.क, वडा नम्बर पाँचका वडा सदस्य भोजराज नैनावस्ती, वडा नम्बर एकका वडा सदस्य सुन्दर भुजेल, थारू कल्याणकारी संघका अध्यक्ष ललित चौधरी, सोही संस्थाका सदस्य  राजेन्द्र प्रसाद चौधरी र दीक्षा काजी, रातमाटे सुन्दरवस्ती टोल विकास संस्थाका अध्यक्ष डा. सुरेन्द्र श्रेष्ठ, वर्षाखोला टोल विकास संस्थाका अध्यक्ष देववहादुर गुरूङ लगाएत उपस्थिति रहेको थियोे ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - ०८:५९:२४ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology