Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य

राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य

images

इच्छाकामना न्युज

२७, पौष २०७८
राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य
images

गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् ।

एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उनले त्यसलाई अत्यन्तै तल्लोस्तरको मिडियाबाजी भएको प्रतिक्रिया दिएका छन् ।

एनआरएनएलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने नेपाल सरकारको नयाँ नियमबारे जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रमपछि आचार्यले विधि र विधानभन्दा बाहिर गएर गरिएको सहमति मान्य नहुने बताए । उनले प्रश्न गर्दै भने,‘हामीले सहमति गर्ने भए किन एनसीसी चाहिए, प्रतिनिधि किन चाहियो, विधान किन चाहियो ?’

अध्यक्ष कुमार पन्त र आफू विवाद समाधान गर्नका लागि आन्तरिक छलफलमा रहेकै बेला एक्कासी सहमति भएको भनि प्रचार गरिएको भन्दै उनले केही स्वार्थी व्यक्तिहरुले संस्थालाई बिखण्डनतिर लैजाने दुस्प्रयास गरेको प्रतिक्रिया दिए । एनआरएनए सबै अभियन्ता संस्थाप्रति चिन्तित रहेको जानकारी दिँदै सल्लाहकार आचार्यले सहमतिको नाममा गरिएको कुप्रचारको बैधता नहुने जिकिर गरे ।

१०औं महाधिवेशनबाट नेतृत्व लिनका लागि दौडमा रहेका उमेदवारले प्रतिनिधि चयन गर्न अधिकार नभएको बताउँदै आचार्यले भने,‘जुन दिन राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएको प्रतिनिधि चयनले मान्यता पाउँछ त्यो दिन मात्रै निर्वाचन र महाधिवेशन हुन्छ।’

 

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०९:३०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology