धादिङ, ५ मंसिर । धादिङको बेनिघाट रोराङ गाउँपालिका चरौंदी बजार रहेको चरौदी समाज सुधार युवा क्लवले राष्ट्रिय आविष्कार केन्द्रको लागि संकलन गरेको रकम महाबीर पुनलाई हस्तान्तरण गरिएको छ ।
क्लवले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग अभियान संचालन गर्ने क्रममा संकलित १ लाख २८ हजार ६ सय १५ रुपैंया शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रमा नै पुगेर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष उज्वल रिजालले बताउनु भयो ।