Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट स्थित नेछेन थार्बालिङ्ग बौद्ध गुम्बा परिसरमा प्रहरीद्वारा सरसफाइ

देवघाट स्थित नेछेन थार्बालिङ्ग बौद्ध गुम्बा परिसरमा प्रहरीद्वारा सरसफाइ

images

इच्छाकामना न्युज

२३, पौष २०७८
देवघाट स्थित नेछेन थार्बालिङ्ग बौद्ध गुम्बा परिसरमा प्रहरीद्वारा सरसफाइ
images

देवघाट, २३ पुस । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर स्थित धार्मिक स्थल नेछेन थार्बालिङ्ग बौद्ध गुम्बाको वरिपरि देवघाट ईलाका प्रहरी कार्यालयले आज आज  सरसफाइ गरेको छ।

269862213_1139380610223170_4877925398873232648_n.jpg

इलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेको नेतृत्वको प्रहरी टोलीले गुम्बा वरिपरि सरसफाई गरेको हो । देवघाट एक धार्मिक र पर्यटकीय स्थल भएको हुनाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा दिन प्रतिदिन बढ्न थालेको र मन्दिर, गुम्बा पाटीपौवा, चौतारी लगायत वरिपरि कुनै पनि फोहोर नहोस् भन्ने उद्देश्यको साथ सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाइ गरेको प्रहरी इन्चार्ज लामिछानेले बताए। 

साथै इन्चार्ज लामिछानेले सरसफाइ स्वास्थ्यको एक महत्वपूर्ण पाटो रहेको बताउदै हरेक टोल टोल र स्थानहरुमा पनि सरसफाइ हुनुपर्ने बताउदै सरसफाइमा विशेष ध्यान दिन समेत आग्रह गरे।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २०:५२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology