देवघाट, २३ पुस । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर स्थित धार्मिक स्थल नेछेन थार्बालिङ्ग बौद्ध गुम्बाको वरिपरि देवघाट ईलाका प्रहरी कार्यालयले आज आज सरसफाइ गरेको छ।

इलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेको नेतृत्वको प्रहरी टोलीले गुम्बा वरिपरि सरसफाई गरेको हो । देवघाट एक धार्मिक र पर्यटकीय स्थल भएको हुनाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा दिन प्रतिदिन बढ्न थालेको र मन्दिर, गुम्बा पाटीपौवा, चौतारी लगायत वरिपरि कुनै पनि फोहोर नहोस् भन्ने उद्देश्यको साथ सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाइ गरेको प्रहरी इन्चार्ज लामिछानेले बताए।
साथै इन्चार्ज लामिछानेले सरसफाइ स्वास्थ्यको एक महत्वपूर्ण पाटो रहेको बताउदै हरेक टोल टोल र स्थानहरुमा पनि सरसफाइ हुनुपर्ने बताउदै सरसफाइमा विशेष ध्यान दिन समेत आग्रह गरे।