Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाललाई बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सुझाव : खोपमै केन्द्रित हुनुपर्छ

नेपाललाई बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सुझाव : खोपमै केन्द्रित हुनुपर्छ

images

इच्छाकामना न्युज

२०, पौष २०७८
नेपाललाई बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सुझाव : खोपमै केन्द्रित हुनुपर्छ
images

लन्डन, २० पुस । बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका हुन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधिर लोहनीले नयाँ ओमिक्रोन भेरियन्टमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताए । बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत डा लोहनीले ओमिक्रन भेरियन्ट तुलनात्मक रुपमा कम घातक तर बढी संक्रामक रहेको जनाए ।

‘यसको संक्रमणले फोक्सोमा भन्दा पनि बढी घाँटीमा असर गर्ने भएकाले कम घातक छ । तर संक्रमण दर बढी रहेका कारण स्वास्थ्य सेवाहरुले थेग्नै नसक्ने तहको भार सिर्जना हुने खतरा देखिएको छ,' उनले भने ।

संक्रमण भइहालेको अवस्थामा आफूलाई सक्रिय राख्न निकै महत्वपूर्ण रहने डा लोहनीको सुझाव छ ।’शरिर निष्क्रिय रहँदा फोक्सोले कम काम गर्ने र संक्रमण जटिल हुने भएकाले सक्रिय भइराख्नु महत्वपूर्ण हुन्छ’, उनले भने ।

नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्यालले ओमिक्रोन बढी संक्रामक रहेका कारण थप सजगता जरूरी रहेको धारणा व्यक्त गरे । सुरक्षाका लागि बुस्टर खोप लिन सल्लाह दिँदै उनले भीडभाडमा नजाने, नियमित रुपमा हात धुने, सुरक्षित दूरी कायम गर्ने र मास्क लगाउने जस्ता सतर्कता पनि अपनाउन सुझाव दिए । नेपालको हकमा पनि ओमिक्रोन संक्रमण थप जटिल बन्ने जोखिम औँल्याउंदै डा अर्यालले नेपाल सरकारले अहिले खोप वितरणमै बढी ध्यान दिनुपर्ने बताए ।

बेलायतमै कार्यरत सिनियर नर्स सुनिता गौतम थापाले ओमिक्रोनको कारण बेलायतका अस्पतालमा समेत अहिले चाप निकै बढेको बताइन् । तीव्र फैलिरहेको संक्रमणले अस्पताल भर्ना हुने तथा आइसियूमा जाने बिरामी बढेको र धेरै स्वास्थ्यकर्मी नै संक्रमित बनेकाले समस्या भएको उनले सुनाइन् ।

 

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - ०९:२४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology