Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस

एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस

images
एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस
images

दोहा, ७ पुस । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो ।

कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गरेको मानवीय कार्यको प्रशंसा गरे । खनालले सरकारले एनआरएनएले देशको समृद्धि र विकासका कार्यमा सहयोग गर्छन भन्ने अपेक्षा गरेको बताए ।

खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रवासमा रहदा नेपालको पर्यटनबारे  प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्‍याउन तथा अन्य क्षेत्रमा लगानी भित्र्याउन पहल गर्न आग्रह गरे  

आइसीसी सचिव आरके शर्माले संस्था विभाजन गर्ने कुरा सोच्न पनि नहुने बताए । ‘८० लाख नेपालीहरुको आत्मा जोडिएको संस्थाको समस्या समाधानको बाटोमा गैरहेको जनाउँदै शर्माले यो संस्थाप्रति धेरै नेपालीको आस्था र भरोसा रहेको बताए । २०२१–२३ का लागि केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार शर्माले चुनावी दौरानमा धेरै मतभेद भएको तर समस्या समाधान हुने दाबी गरे ।

मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले एनआरएनएमा संगठनात्मक समस्या पैदा भएको र यो समस्या समाधान गर्न वर्तमान नेतृत्व असफल भएको बताए । 

एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले एनआरएनए आइसीसीमा देखिएको समस्या आइसीसीबाट मात्रै नभएर एनसीसीबाट नै सुरुवात भएको बताए ।

images
प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - ०८:०४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology