Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

टेस्ला गाडीभित्रै शिशु जन्मिएपछि ...

टेस्ला गाडीभित्रै शिशु जन्मिएपछि ...

images

एजेन्सी

६, पौष २०७८
टेस्ला गाडीभित्रै शिशु जन्मिएपछि ...
images

अमेरिकामा एक दम्पतीलाई टेस्लाको गाडीभित्रै सन्तान लाभ भएको छ । अमेरिकी विद्युतीय कार टेस्लाभित्रै शिशुको जन्म भएको हो । शिशुलाई संसारकै पहिलो टेस्ला बेबी नाम दिइएको छ । 

फिलाडेल्फियाका ३३ वर्षीया यिरान शेरी र उनका ३४ वर्षीय पति किटिङ कारमा यात्रा गरिरहेका बेला अकस्मात शेरीलाई सुत्केरी बेथा लाग्यो । दुर्भाग्यवश, त्यही बेला उनीहरु ट्राफिक जाममा परे । 

यात्राकै समयमा बीच बाटोमा सुत्केरी व्यथा लागेपछि र जाममा परेपछि उनीहरुलाई लाग्यो अब समयमै अस्पताल पुगिदैन् । तसर्थ उनीहरुले गाडिलाइ अटोपाइलट मोडमा राख्ने निधो गरे । 

उनीहरु फसेको स्थानबाट २० मिनेटको दूरीमा अस्पताल थियो । त्यसपछि किटिङले प्रसुतिका लागि श्रीमतिलाई सहयोग गरे । ‘उनले मेरो हात जोडले समाएकी थिइन् । मैले उनलाई आफ्नो सासमा ध्यान दिन आग्रह गरे, ताकी उनी शान्त रहुन,’ केटरिङले भने ।

केही समयमा नै उनले गाडीभित्रै शिशु जन्माइन् । उनीहरुले बच्चाको सालनाल पनि गाडिभित्रै काटे । अटोपाइलट मोडमा रहेको गाडी त्यतिबेलासम्म अस्पतालमा पुगिसकेको थियो । 

दम्पत्तीले आफूहरुको भोगेको समस्या सुन्दा अस्पतालका कर्मचारी पनि दंग परेका थिए । लगत्तै एक कर्मचारीले भने, ‘टेस्ला बेबी’ भनेका थिए । चिकित्सकहरुले बच्चा स्वस्थ भएको जानाकारी दिएपछि यो दम्पती खुसीले फुरुङ्ङ भएको थियो । 

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - १३:०२:१८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology