Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

धादिङ निलकण्ठ नगरपालिकाका १९ जना दुबईमा अलपत्र

धादिङ निलकण्ठ नगरपालिकाका १९ जना दुबईमा अलपत्र

images
धादिङ निलकण्ठ नगरपालिकाका १९ जना दुबईमा अलपत्र
images

धादिङ, ६ पुस  । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरि एउटै नगरपालिकाका १९ जना मजदुर दुबईमा अलपत्र अवस्थामा छन् । उनीहरु अहिले एउटै कोठामा थुनिएर बसेका छन् ।

काम गर्ने उद्धेश्यका साथ भिजिट भिषामा खाडी मुलुक दुबइ पुगेका उनीहरु भिषाको १९ दिनको म्याद सकिए सँगै कोठामा थुनिएर बस्न वाध्य भएका हुन् । धादिङबाट भिजिट भिषामा गएपछि काम लगाइदिने सर्तमा हामीले जनही २ लाख ५० हजार बुझाएका थियौं, दुबई आएपछि दलालले विचल्लिी बनाएको पीडित रमेश परियारले बताए ।

नेपालमा भिजिट भिषामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नबराज तामाङले दुबइ पुगेर पनि एउटा कोठामा लगेर उनिहरुलाई राखेकाे बताएको छ। १९ जना मानिस खाना खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रबासन केन्द्रमा गरिएको उजुरीमा उल्लेख छ ।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - ०८:५८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology