कुरिनटार, ४ मंसिर । चितवनको इच्छाकामना गाउँपालिकाको विशेष गाउँ सभा बस्ने भएको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार आज दिउँसो सवा १२ बजे गाउँपालिकाको विशेष गाउँ सभा बस्ने भएको हो।
उक्त गाउँसभामा २ वटा प्रस्ताव पेश हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार आजको गाउँसभामा लामो समय देखि विवादित रहेको वडा नं. ३ को केन्द्र तोक्ने सम्बन्धि प्रस्ताव आज पनि प्रस्तुत हुने भएको छ।
यस्तै प्राकृतिक स्रोत व्यवस्थापन तथा संरक्षण सम्बन्धि विद्येयक पनि आजैको गाउँसभामा प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो।