Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटको मणिमुकुन्देश्वर चक्रबती मन्दिर वरिपरि प्रहरीद्वारा सरसफाई

देवघाटको मणिमुकुन्देश्वर चक्रबती मन्दिर वरिपरि प्रहरीद्वारा सरसफाई

देवघाटको मणिमुकुन्देश्वर चक्रबती मन्दिर वरिपरि प्रहरीद्वारा सरसफाई

देवघाट, ४ पुस । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित नेपालकै एक पर्यटकीय धार्मिक स्थल मणिमुकुन्देश्वर चक्रबती मन्दिर वरिपरि ईलाका प्रहरी कार्यालय देवघाटको आयोजनामा सरसफाइ गरिएको छ। शनिबार बिहानै प्रहरीको टोलीले मन्दिर वरपर सरसफाई गरिएको हो।

images

267275027_324862836159306_490289463901763368_n.jpg

सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले देवघाट धार्मिक र पर्यटकीय स्थल भएको हुनाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा पनि बढ्न थालेको र मन्दिर वरिपरि पनि फोहोर नहोस् भन्ने उद्देश्यको साथ सरसफाइ कार्यक्रमको आयोजना गरेको बताए। साथै इन्चार्ज लामिछानेले सरसफाइ हरेक टोल टोल र स्थानहरुमा पनि हुनुपर्ने बताउदै,सरसफाइमा ध्यान दिन समेत आग्रह गरे।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - ०८:२०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology