Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्दसत्र भोली हुने, सहमतीमा नेतृत्व चयन गर्ने कसरत जारी

माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्दसत्र भोली हुने, सहमतीमा नेतृत्व चयन गर्ने कसरत जारी

एसपी गौरब

२, पौष २०७८
माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्दसत्र भोली हुने, सहमतीमा नेतृत्व चयन गर्ने कसरत जारी

सर्लाही, २ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश २ को प्रथम अधिवेशनकोबन्द सत्र लालबन्दीमा हुने भएको छ । यहि मंसिर २५ गते देशैभरका सबै प्रदेशहरुमा एकैसाथ शुरु भएको प्रदेश अधिवेशनको बन्द सत्र भोली (शनिबार) सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको लालबन्दी पार्टी प्यालेसमा हुने नेकपा (माओवादी केन्द्र) प्रदेश २ ले जनाएको छ ।

images

माओवादी केन्द्र प्रदेश २ ले आज लालबन्दीमा पत्रकार सम्मेलन आयोजना गरी शनिबार प्रथम प्रदेश अधिवेशनको बन्दसत्र गर्न लागेको जनाएको छ । शनिवार लालबन्दीमा हुने बन्दसत्रले नौ पदाधिकारी सहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय सम्मेलन प्रतिनिधि चयन गर्ने माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिनु भयो ।

माओवादी केन्द्रले प्रदेशका केही स्थानिय निकायहरुमा अझै नेतृत्व टुङ्ग्याउन सकेको छैन् । प्रदेश अध्यक्ष बुढाथोकीका अनुसार शुक्रवारसम्म सबै स्थानिय निकायहरुमा नेतृत्व चयनसहित प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन भइसक्ने छन् ।

शनिवार हुने बन्दसत्रबाट सकेसम्म सहमतीमै प्रदेश कमिटी चयन गर्ने प्रयास भइरहेको माओवादी केन्द्र प्रदेश २ का संयोजक गणेश साहले जानकारी दिनु भयो । उहाँका अनुसार सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच शुक्रवार बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ । माओवादी केन्द्रको प्रदेश नेतृत्वका लागि अहिलेसम्म उम्मेदवारहरु कोको छन् भन्ने खुलेको छैन ।

माओवादी केन्द्र प्रदेश २ इन्चार्ज साहले अन्तिम समयसम्म पनि सहमतीबाटै नेतृत्व चयन गर्ने प्रयास हुने बताउनु भयो । सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच शुक्रवार बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ । 

शनिवार हुने प्रदेश २ को प्रदेश अधिवेशनको बन्द सत्रकालाई  लक्षित गरी माओवादी केन्द्रले लालबन्दी बजारमा स्वागतद्धार निर्माणसँगै बजारैभरी पार्टीको झण्डाले सजाएको छ । माओवादी केन्द्रको राष्ट्रिय अधिवेशन यही पुस ११, १२ र १३ गते काठमाण्डौंमा गर्ने तय भएको छ । केन्द्रीय महाधिवेशन अघि नै वडा,गाउँ,नगर जिल्ला तथा प्रदेशको अधिवेशन सकाउनु पर्ने भएकाले नेताहरु अधिवेशनमा व्यस्त रहेका छन् ।

आज भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्र प्रदेश २ का प्रदेश इन्चार्ज साह, सविच श्रवण बरबरिया, प्रदेश अध्यक्ष बुढाथोकी, प्रदेश कमिटि सदस्य सावित्री बुढाथोकी, विश्वजीत डिसी, सर्लाही जिल्ला सह इन्चार्ज लुमडी धिताल (लोचन),रामपृत राय, लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा मगर,सचिव राजन कुमार श्रेष्ठ र योङेग कम्युनिष्ट पार्टी नेपाल (वाईसिइल) नेपाल प्रदेश २ का संयोजक सन्देश श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - १९:४४:४५ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology