Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

तमु धिं यूकेको ११औं अधिवेशन डिसेम्बर २० मा हुने, सर्वसम्मतीमा नेतृत्व चयन गर्ने तयारी सुरु

तमु धिं यूकेको ११औं अधिवेशन डिसेम्बर २० मा हुने, सर्वसम्मतीमा नेतृत्व चयन गर्ने तयारी सुरु

images

इच्छाकामना न्युज

४, मंसिर २०७७
तमु धिं यूकेको ११औं अधिवेशन डिसेम्बर २० मा हुने, सर्वसम्मतीमा नेतृत्व चयन गर्ने तयारी सुरु
images

बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था तमु धिं यूके अधिवेशनको तयारीमा जुटेको छ । संस्थाको नयाँ नेतृत्व चयन समेत गर्ने ११औं अधिवेशन तथा २०औं साधारणसभा आउँदो डिसेम्बर २० तारिखमा हुन लागेको हो ।

यसअघि नोभेम्बर २१ लाई तय गरिएको अधिवेशन एक महिना पछि सारिएको हो । कोरोना महामारीको कहर र देशब्यापी लकडाउनका कारण महाधिवेशनको मिति पछि सार्नु परेको तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले बताए ।

तमु धिं यूकेमा सामान्यतः सहमतिमै नेतृत्व चयन हुने परम्परा छ । यस पटक पनि यही परम्पराले निरन्तरता पाउने भएको छ । जसअनुसार वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमै आउँदो कार्यसमिति चयन गर्ने तयारी शुरु भएको छ ।

डिसेम्बर २० मा हुने महाअधिवेशनको निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएको छ । एकेन्द्र गुरुङको संयोजकत्वमा रहेको निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार साधारण सदस्यता नवीकरणका लागि डिसेम्बर १० तारिख साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

डिसेम्बर ११ मा मतदाताको पहिलो नामावली प्रकाशन गरिनेछ । डिसेम्बर १२ का दिन मतदाता नामावलीमा दाबी विरोध र अन्तिम मतदाता नामावली पनि प्रकाशित गरिने छ । सोहि उम्मेदवारी मनोनयन र उम्मेद्वारको नामावली प्रकाशन पनि गरिनेछ ।

डिसेम्बर १३ मा उम्मेद्वारी मनोनयमा दाबी विरोध र उम्मेद्वारी फिर्ताका लागि केही समय उपलब्ध गराएपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
मतदान कार्यक्रम डिसेम्बर २० तारिख आइतबार दिउँसो ४ बजेपछि सञ्चालन हुनेछ ।

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०८:२८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology