Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एनआरएनए राष्ट्रिय अध्यक्षहरूकाे भेलाः तत्काल निर्वाचनको माग

एनआरएनए राष्ट्रिय अध्यक्षहरूकाे भेलाः तत्काल निर्वाचनको माग

images

इच्छाकामना न्युज

१६, मंसिर २०७८
एनआरएनए राष्ट्रिय अध्यक्षहरूकाे भेलाः तत्काल निर्वाचनको माग
images

गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन माग गरेका छन् । गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बुधबार आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामा बोल्ने बक्ताहरूले यस्ताे माग गरेका हुन् ।

गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष छलिलाल कँडेलले संघमा देखिएको विवादले विदेशमा रहेका नेपालीमा विभाजन ल्याएको बताए । उनले संघभित्र देखिएको समस्याले एनआरएनएप्रति वितृष्णा भएको बताए ।

एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले एकले अर्कोलाई हिलो छ्याप्ने काम नगर्न आग्रह गरे । उनले संघको केन्द्रीय समिति र एनसीसीबीच समन्वय हुनु पर्नेमा जोड दिए । उनले संघको विवाद टुंग्याएर तत्काल चुनाव गर्न माग गरे ।

एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्ताफाले संघको १०औँ महाधिवेशन चाडो भन्दा चाडो हुनु पर्नेमा जोड दिए । उनले संघका अधिकांस राष्ट्रिय समिति तत्काल विवाद मिलाएर निर्वाचनमा जानु पर्ने पक्षमा रहेको बताए ।

गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संघको नेतृत्वलाई सबै पक्षलाई समेटर लैजना सुझाव दिए ।

संघका सल्लाहकार विश्वआर्दश पण्डितले नयाँ निर्वाचन समिति गठन गरेर छुट्टै निर्वाचन घोषणा गर्न आग्रह गरे ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि २६ डिसेम्बरमा मिति तय भएकाे छ । नेतृत्वका लागि डा. बद्री केसी, रविना थावा र कुल आचार्य चुनावी मैदानमा छन् ।

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - ०८:१८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology