Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँको देवघाटमा हुने घण्टाचुली पर्यटन महोत्सवको तयारी पुरा

तनहुँको देवघाटमा हुने घण्टाचुली पर्यटन महोत्सवको तयारी पुरा

images

इच्छाकामना न्युज

१५, मंसिर २०७८
तनहुँको देवघाटमा हुने घण्टाचुली पर्यटन महोत्सवको तयारी पुरा
images

देवघाट, १५ मंसिर । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने पर्यटकीय नगरी घण्टाचुलीमा यहि मंसिर १७ र १८ गते हुन लागेको घण्टाचुली पर्यटन महोत्सव २०७८ को तयारी पूरा भएको छ। स्थानीय लालीगुराँस टोल बिकास संस्थाको भवन निर्माण सहयोगार्थ आयोजना हुन लागीरहेको घण्टाचुली पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको हो।

आज भएको तयारी कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले महोत्सवले पर्यटकीय सम्भावना बोकेको नेपालकै एक ऐतिहासिक शान्त, रमणीय, सधैं हरियाली, हिमाल पहाड तराई अबलोकन गर्न सकिने नेपालकै राष्ट्रिय फुल लाली गुराँस पाईने स्थान घन्टाचुलीको पर्यटन प्रवद्र्धन प्रचारप्रसार हुने बताउनुभयो।

कार्यक्रममा घण्टाचुली सामुदायिक बनका अध्यक्ष डमरसिङ्ग गुरुङ, नेपाल मगर सास्कृतिक संघ बागमती प्रदेशका अध्यक्ष बल बिक्रम थापामगर, कार्यक्रम संयोजक बेल बहादुर गुरुङ, आर्थिक संयोजक कलम गुरुङ र पुर्णीमा थापामगर लगाएतको उपस्थिति रहेकोे थियो भने आयोजक लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष भेष बहादुर गुरुङको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - २०:०१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology