Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेकपा माओवादी केन्द्र बेनीघाट रोराङको अध्यक्षमा  राजेन्द्रप्रसाद कडेँल निर्वाचित

नेकपा माओवादी केन्द्र बेनीघाट रोराङको अध्यक्षमा  राजेन्द्रप्रसाद कडेँल निर्वाचित

images

इच्छाकामना न्युज

१२, मंसिर २०७८
नेकपा माओवादी केन्द्र बेनीघाट रोराङको अध्यक्षमा  राजेन्द्रप्रसाद कडेँल निर्वाचित
images

धादिङ, १२ मंसिर । नेकपा माओवादी केन्द्र बेनीघाट रोराङको अध्यक्षमा  राजेन्द्रप्रसाद कडेँल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न प्रथम गाउँ सम्मेलनले कडेँलको अध्यक्षतामा सर्वसम्मत ५५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरिएको हो ।

जसमा उपाध्यक्षहरुमा सङगीता पाण्डे (विशुराल ),रोशनकुमार सिलवाल ,हेमराज भुजेल , सचिवमा मणिराज गुरुङ ,सहसचिवमा शिवराज तिवारी र कोषाध्यक्ष कुमार वस्नेत रहेका छन् ।

यसैबिच विशालटारको चन्द्रोदय मावि स्कुलको खुल्ला चौरमा सम्पन्न सम्मेलनको अवसरमा नेकपा एमाले ,नेपाली कांग्रेस र राप्रपबाट १०० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई सम्मेलनका प्रमु्ख अथिति जिल्ला इन्चार्ज एवम् वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, र बिशेष अतिथी बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी र प्रदेश शभा निर्वाचन इन्चार्ज बिबेक थपलियाले माला र टिका लगाएर मआोवादी केन्द्रमा स्वागत गर्नुभएको हो ।

सम्मेलन खेम राज भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - ०८:३८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology