Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना गम्भिर घाईते

देवघाटमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना गम्भिर घाईते

इच्छाकामना न्युज

१०, मंसिर २०७८
देवघाटमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना गम्भिर घाईते

देवघाट, १० मंसिर । तनहुँको देवघाट ५ स्थित कालीमाटीको नयाँ कालोपत्रे सडकमा ट्रयाक्टर दुर्घटना भएको छ। बुधबार अन्दाजी ४ बजेतिर घिनटारबाट दासढुङ्गातर्फ जादै गरेको लु ४ त ७१४६ ट्रयाक्टर आफै अनियन्त्रित भै सडक छेउमा दुर्घटना भएको हो।

images

दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन्। मृत्यु हुनेमा स्थानीय १४ वर्षका बालक मनोज तामाङ रहेको छ।

यस्तै गम्भिर घाईते हुनेहरुमा इनरुवा २ सुनसरीका २१ वर्षीय इन्दर दास र ट्रयाक्टर चालक इश्वरपुर १० सर्लाहीका शत्रुधन चौधरी रहेको छ। मृतकको शव भरतपुर अस्पतालमा राखिएको र घाईतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय देवघाटले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - १०:०१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology