Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

बैमानी सैतानी विरुद्ध उजुरी दिन सर्लाहीका जनतासंग माओवादी केन्द्रको माग

बैमानी सैतानी विरुद्ध उजुरी दिन सर्लाहीका जनतासंग माओवादी केन्द्रको माग

एसपी गौरब

५, मंसिर २०७८
बैमानी सैतानी विरुद्ध उजुरी दिन सर्लाहीका जनतासंग माओवादी केन्द्रको माग

सर्लाही, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) सर्लाहीले फरक र गंभिर निर्णयहरु गरेको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले फरक र गंभिर निर्णयहरु गरेको हो ।

images

मलंगवामा बसेको बैठकले स्व. नेता डाचाराज वाग्लेलाई पार्टीले शहिद घोषणा गर्ने, पार्टि सदस्यता नविकरणलाई थप प्रभावकारी बनाउने, जिल्लाका २० वटै स्थानिय निकायको मंसिर ११ गते सम्म वडा र नगर सम्मेलन सम्पन्न गर्ने साथै सो कार्यका लागि सबै पालिकामा संयोजनकर्ता तय गरेको नेकपा (माओवादी केन्द्र)  सर्लाहीका सह इन्चार्ज लुमणि धिताल (लोचन)ले जानकारी दिनुभयो ।

त्यसैगरी पार्टीले सम्मेलन सम्पन्न गर्न निर्वाचन समिति निर्माण गरेको छ । सवै नेता कार्यकर्ताको जीवन शैलि सरल र सहज बनाउदै जन सम्बन्धलाई प्रगाढ बनाउने,बर्ग संघर्षकोे एउटा रुप मिटर ब्याजी र सुदखोर बिरुद्धको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति संयोजक बुढाथोकीले जानकारी  दिनुभयो ।

देशभरका कुनै पनि जिल्ला पार्टी कमिटिहरुले यस्तो निर्णय गर्न नसकेको अवस्थामा सर्लाहीले एक फरक र गंभिर निर्णय गरेको हो । पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुले कहिकतै बैमानी सैतानी गरेको पाएमा जनताबाट उजुरीको माग गरेको छ ।

मिटर ब्याजीको हैरानीमा परेका सर्लाहीका जनताहरुसंग सहयात्रागर्दै  मिटर व्याजी र बर्ग संघर्षकोे एउटा रुप सुदखोर बिरुद्धको आन्दोलनलाई शसक्त रुपमा अगाडी बढाउने र त्यस क्रममा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु पनि त्यस्ता कार्यमा संग्लग्न भएको पाइएमा आवश्यक कार्बाही गर्ने नेकपा (माओवादी केन्द्र) सर्लाहीका नेताहरुले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - ०८:२२:५४ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology