Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहूँमा नेपाली कांग्रेसको महाधिवेशनः भण्डारी र पौडेलको शक्ति परिक्षण

तनहूँमा नेपाली कांग्रेसको महाधिवेशनः भण्डारी र पौडेलको शक्ति परिक्षण

images

पत्रपत्रिका

१, मंसिर २०७८
तनहूँमा नेपाली कांग्रेसको महाधिवेशनः भण्डारी र पौडेलको शक्ति परिक्षण
images

तनहुँ, १ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन तथा तल्लो तहका अधिवेशनहरु नजिकिएसँगै नेताहरुको शक्ति परिक्षण हुन थालेको छ । यस अघि काँग्रेस तनहूँमा रामचन्द्र पौडेल र गोविन्दराज जोशी समुह प्रष्ट रुपमा देखिन्थे । जोशी अहिले काँग्रेसको मुलधारको राजनीतिबाट बाहिरिएर आफ्नै गुट सन्चालन गरेका छन् भने बरिष्ठ नेता पौडेल केन्द्रीय राजनीतिमा नै रुमलिएका छन् ।

दुई नेताको प्रभाव तनहूँको राजनीतिमा कमजोर हुँदै गएपछि दोश्रो पुस्ताका नेताहरुले गुट सन्चालन गर्न थालेका छन् । अहिले काँग्रेस तनहूँमा केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र प्रदिप पौडेलको गुट प्रष्ट रुपमा देख्न थालिएको छ । भण्डारीको गुटमा अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई समाहित भएका छन् । भट्टराईले आफ्नै गुट सन्चालन गर्न नसकेपछि उनी भण्डारीको गुटमा औपचारिक रुपमा प्रवेश गरेका छन् । भण्डारीको समुहमा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले समेत छन् । केन्द्रीय सदस्य प्रदिप पौडेलको गुटमा जिल्ला सभापती बैकुण्ठ न्यौपाने सहित जिल्लामा प्रभावशाली हैसियत बनाएका केही नेताहरु खुलेका छन् ।

प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन नजिकिएसँगै दुई नेताले आफ्नो समुहबाट उम्मेदबारी घोषणा गरेका छन् । स्थानीय तहमा केहीमा निर्वाचन त केहीमा सर्वसम्मत नेतृत्व चयन भएको काँग्रेसमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा भने प्रष्ट दुई गुट देखिएका छन् ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतीमा पौडेल र सभापती न्यौपानेको समुहबाट महाधिवेशन प्रतिनिधि श्याम मौराती र भण्डारी समुहबाट जिल्ला सचिव विश्व बास्तोला उम्मेदबार बन्ने भएका छन् । यस अघि जिल्ला सभापती बैकुण्ठ न्यौपानेको विश्वास पात्र रहेका बास्तोला हालै मात्र भण्डारी समुहमा लागेका थिए । बास्तोलाको गुट परिवर्तनले तनहूँ काँग्रेसमा एक खालको तरङ्ग उत्पन्न भएको छ । सो निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र तर्फ क क्षेत्रमा भण्डारी समुहबाट गोरा मियाँ र पौडेल समुहबाट विश्वेश्वर खनाल तथा ख निर्वाचन क्षेत्रमा भण्डारीको समुहबाट परमेश्वर भट्टाई र पौडेल समुहबाट काजिमान श्रेष्ठ उम्मेदबार बन्ने भएका छन् ।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को सभापतीमा केन्द्रीय सदस्य भण्डारीको समुहबाट चुणमणी खनाल उम्ेमदबार बन्ने भएका छन् भने प्रदिप पौडेलको समुहबाट कृष्णराज पण्डित उम्मेदबार बन्ने भएका छन् । त्यस्तै सो क्षेत्रको प्रदेश क्षेत्र तर्फ क क्षेत्रमा भण्डारी समुहबाट जितराज राना र पौडेल समुहबाट हिरा थापा सभापतीको उम्मेदबार बन्ने भएका छन् । त्यस्तै क्षेत्र ख को सभापतीमा भने हालसम्म इन्द्र थापाको नाम मात्र चर्चामा आएको छ । उक्त क्षेत्रमा थापालाई नै दुबै समुहले समर्थन गर्ने सम्भावना छ । थापा बरिष्ठ नेता रामचन्द्र पौडेल निकट भएपनि जिल्लामा भने कार्यवहाक सभपाती जितप्रकाश आले निकट हुन् ।

नेताहरुको संलग्नताको आधारमा केन्द्रीय सदस्य प्रदिप पौडेलको समुह बलियो देखिएको छ । उक्त समुहलाई बरिष्ठ नेता रामचन्द्र पौडेलको समेत आशिर्वाद प्राप्त छ । सो समुहमा जिल्ला सभापती बैकुण्ठ न्यौपाने गन्डकी प्रदेशका विना विभागिय मन्त्री डोवाटे विक, प्रदेश सांसद सरिता गुरुङ, सहित जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, शुक्लागन्डकी नगरपालिकाका मेयर किसान गुरुङ, भानु नगरपालिकाका मेयर उदयराज गौली, महासमिति सदस्य कृष्णप्रसाद गौतम, बालकृष्ण घिमिरे, रामचन्द्र अधिकारी, जिल्ला सचिव लक्ष्मी आचार्य, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ, पुर्व मेयर ताराप्रसाद श्रेष्ठ, नेता अशोक श्रेष्ठ, विद्यार्थी नेता दिपक भट्टराई तथा विगतमा नेता गोविन्दराज जोशीको समुहमा खुलेका चिनु पोख्रेल, व्यास नगर सभापती सुर्यचन्द्र हड्खले लगायतका नेताहरु छन् ।

यस्तै केन्द्रीय सदस्य शंकर भण्डारीको प्यानलमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले कार्यवहाक सभापती जितप्रकाश आले, जिल्ला सचिव विश्व बास्तोला, विद्यार्थी नेता आनन्द त्रिपाठी, चुडामणी खनाल लगायतका नेताहरु छन् । केन्द्रीय सदस्य भण्डारी अहिले आफै जिल्लामा खटेर गुट बनाउन सक्रिय छन् । उनकै प्रतक्ष्य संलग्तामा गुटको बैठक र उम्मेदबारी घोषणा भईरहेको छ । मंसिर १० गते हुने जिल्ला अधिवशेनमा पनि दुबै समुहले उम्मेदबारी दिने छन् ।

नेताहरुको गुट सन्चालन शैली र शक्ति परिक्षणले तनहूँ काँग्रेसको अधिवेशन यस पटक रोचक बन्ने देखिएको छ । काँग्रेसका एक जिल्ला स्तरीय नेताले नेताहरु पार्टी बनाउन भन्दा पनि गुट बनाउन सक्रिय भएको बताए । सबैले आफुलाई केन्द्रमा राखेर राजनीति गर्दा पार्टी भन्दा गुट बलियो हुने उनको भनाई छ । लोकवाणीबाट

images
प्रकाशित मिति :मंसिर १, २०७८ बुधवार - ०९:३६:२९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology