देवघाट, ३० कार्तिक । देवघाट गाउँपालिका वडा नम्बर ५ स्थिर रहेको बद्रीमुक्ति टोलमा बसोबास गर्दै आएकि हरिमायाँ कोईरालालाई लियो क्लब हफ देवघाट चौतारीले आर्थिक सहयोग गरेको छ।
सेवा नै धर्म हो भन्ने मुल नाराका साथ लियो क्लव अफ देवघाट चौतारीले सधैं सकारात्मक सेवा दिदैँ आइरहेको छ । वर्षेनी देवघाटमा लाग्ने हरिबोधनी एकादशी मेलाको अवसर पारेर हरिमायाँ बचाउ अभियान चलाएर केही रकम संकलन गरेर आज मंगलबारका दिन मृगौला पिडितकै घर गएर रकम हस्तान्तरण गरिएको हो ।
हरिमायाँको देब्रे मृगौला फेल भएको हो । सो रकम देवघाट गाउँपालिका अध्यक्ष दुर्गवहादुर थापा मगरको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा रकम दिइएको हो । लियो क्लव अफ देवघाट चौतारीले हरिबोधनि एकादशी मेलामा सङ्कलन गरिएको रकम २०८४५ रूपैयाँ र गुरूङ परिवार देवघाटले देउसीभैलो खेलेर जम्मा पारिएको रकम ५००० रूपैयाँ गरेर जम्मा २५८४५ रूपैयाँ पिडितलाई हस्तान्तरण गरिएको छ ।

लगातार १ महिना पेट दुखिरहने समस्या भए पश्चात् ग्यास्टिकले होला भनेर औषधी खादा पनि सञ्चो नभएपछि गलेश्वर आश्रममा स्वास्थ्य शिविर आएको बेला निशुल्क रूपमा एक्सरे गरेर डाक्टरकै सल्लाह अनुसार भरतपुर अस्पताल गएर पनि अलिकति पनि सञ्चो नभएर सरकारी, क्यान्सर, सी.एम.सी., रक्षा अस्पताल र नेसनल सिटि अस्पताल गएको बिरामी हरिमायाँ कोईरालाले बताए ।
आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण अप्रेसन नभएको पिडित हरिमायाँले भने । लगभग १लाख ५०हजार जति खर्च भैसकेको उनले बताए । श्रीमान सधैं सक्सी खाएर हिड्छ मेरो केही ख्याल नै गर्दैन उल्टै बिरामी हुदाँ समेत पिट्ने कराउने गर्छ भने ।

सेवा गर्नु नै मानवको सबै ठूलो पुण्यको काम हो भन्दै सधैं यस्तै अभियानहरू मार्फत पिडितलाई सेवा गर्दै आईरहेको र सदा सेवा गरिरहने लियो क्लव अफ देवघाट चौतारीका अध्यक्ष आत्माराम पाण्डेले बताए ।
हामी मतवाली जातिहरू खाएर मात्रै हैन सेवाको पनि भावना छ भन्दै देउसीभैली खेलेको रकम सहयोग गर्न ल्याएको गुरूङ परिवारले जानकारी गराएका थिए । ४ छोराछोरी परिवार भएको हरिमायाँ आफ्नो पीडा सहन नसकेर आफै नजिकैको छिमेकीको घरमा समेत रकम जुटाउन गएकी रहेछिन ।