Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटधाम जेसिजको सम्भाव्यता अध्ययन गर्न राष्ट्रिय उपाध्यक्ष सुनिल तिमल्सेना देवघाटमा

देवघाटधाम जेसिजको सम्भाव्यता अध्ययन गर्न राष्ट्रिय उपाध्यक्ष सुनिल तिमल्सेना देवघाटमा

करिश्मा गुरुङ

२७, कार्तिक २०७८
देवघाटधाम जेसिजको सम्भाव्यता अध्ययन गर्न राष्ट्रिय उपाध्यक्ष सुनिल तिमल्सेना देवघाटमा

देवघाट, २८ कार्तिक ।  सम्भावित देवघाटधाम जेसीजको सम्भाव्यता अध्ययन र अवलोकन गर्न नेपाल जेसीज वर्ष २०२१ का निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी सुनिल तिमल्सेना देवघाटमा आएको थियोे । 

images

पवित्र तिर्थस्थल देवघाटधाममा नयाँ बन्दै गरेको एउटा संस्था जसले सामाजलाई परिवर्तन सकिन्छ समाजमा भएका नराम्रा कार्यहरूको अन्त्य गर्नको लागि देवघाटमा जेसीजको उत्पन्न हुने भएको छ । 

शुक्रबारका दिन देवघाट कालिगण्की रिसोर्टमा सञ्चालित एक कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी सुनिल तिमल्सेनाको प्रमुख अतिथ्यमा देवघाटमा भर्खरै उदाउदै गरेको जेसीजको बारेमा प्रष्ट पारेका थिए । 

248056555_332057388723877_2618613637600323294_n.jpg

उनले जेसीज भनेको आफैलाई बनाउने, आफुमा परिवर्तन गर्ने, आफ्नै क्षमताको बृद्वि गर्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए । जेसीज एउटा यस्तो संस्था हो जहाँ १८ वर्षभन्दा माथिका र ४० वर्ष नकटेका युवाहरू आवद्व रहेको हुन्छ  जुन संस्थाको माध्यमबाट आजभोलि युवाहरूमा धेरै परिवर्तन आईरहेको देखिएको बताए । यस संस्थामा आबद्ध भैसकेपछि विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय देशविदेशमा आफ्नो व्यापार व्यवसाय सम्वन्धि ज्ञान हासिल गर्न सकिने देशविदेश घुम्न पाईन्छ । 

कार्यक्रममा जेसी माडीका महासचिव शोभाखर अधिकारी ,गितानगरका महासचिव जेसी प्रविन पोख्रेल लगाएत उपस्थित रहेका थिए । कार्यक्रम समाभावित देवघाटधाम जेसीजका अध्यक्ष विकास सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ भने जेसी प्रकाश ढुङ्गानाले कार्यक्रम सञ्चालन गरिएको थियोे ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १०:१२:३६ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology