Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

इच्छाकामना न्युजको समाचार प्रभाव: सर्लाहीमा होटल व्यावसायी आफैले लगाए विकृति फैलाउने होटलमा ताला

इच्छाकामना न्युजको समाचार प्रभाव: सर्लाहीमा होटल व्यावसायी आफैले लगाए विकृति फैलाउने होटलमा ताला

एसपी गौरब

२४, कार्तिक २०७८
इच्छाकामना न्युजको समाचार प्रभाव: सर्लाहीमा होटल व्यावसायी आफैले लगाए विकृति फैलाउने होटलमा ताला

सर्लाही, २४ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिका ७ मा सञ्चालीत सर्लाही होटल एण्ड गेष्ट हाउसमा तालाबन्दी गरिएको छ । इच्छाकामना न्युज संगै केही सञ्चार माध्यामहरुमा सर्लाहीको होटलहरुमा गैर कानुनी धन्दा चलाउने गरेको भन्ने समाचार सम्प्रेषण भएपछि उद्योग बाणिज्य संघ लालबन्दी र लालबन्दीका होटल व्यावसायीहरुको संयुक्त टोलीले सो होटलमा तालाबन्दी गरेको हो ।

images

लालबन्दीका केही होटलहरुमा जुवातास खेलाउने, देहव्यापार गराउने कार्य गरेका भन्ने विषयमा समाचार सम्प्रेषण भएको थियो भने सोही विषयलाई लिएर सर्लाही होटल एण्ड गेष्ट हाउसमा तालाबन्दी गरिएको लालबन्दीका होटल व्यवासायीहरुले बताएका छन् ।

दर्ता पनि नभएको र गैर कानुनी कार्य गरेको भन्दै प्रहरीले सो होटलका सञ्चालकलाई केही दिन पहिला नियन्त्रणमा लिएको थियो । उसले सञ्चालन गरेको होटलका कारण लालबन्दीका अरु होटल व्यावसायीहरु पनि बद्नाम भएको भन्दै होटल व्यावसायीहरु र उद्योग बाणिज्य संघ लालबन्दीको संयुक्त टोलीले आज(बुधबार) सो होटलमा तालाबन्दी गरेको उद्योग बाणिज्यसंघ लालबन्दीका महासचिव तथा लालबन्दीका होटल व्यावसायी दिपेन्द्र बलम्पाकीले जानकारी दिनु भयो ।

केही दिन पहिला केही सञ्चार माध्यामहरुमा लालबन्दीका केही होटलहरुमा गैर कानुनी धन्दा शिर्षकमा समाचार सम्प्रेषण हुनु पर्नेमा अन्याथा भएको थियो । सो विषयमा पनि केही सञ्चारकर्मीहरु र उद्योग बाणिज्य संघ लालबन्दी तथा लालबन्दीका होटल व्यावसायीहरु वीच छलफल समेत भएको र समाचार सम्प्रेषणका क्रममा केही हुनु पर्नेमा अन्याथा भएको निष्कर्ष निस्केको थियो ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - १७:२४:०६ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology