Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

राष्ट्रिय जनगणनाको लागि तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिका ५७ जना गणक खटिदै

राष्ट्रिय जनगणनाको लागि तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिका ५७ जना गणक खटिदै

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७८
राष्ट्रिय जनगणनाको लागि तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिका ५७ जना गणक खटिदै
images

आँबुखैरेनी, २४ कार्तिक । भोली कार्तिक २५ गतेदेखि हुन लागिरहेको राष्ट्रिय जनगणना २०७८ को लागि तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिका ५७ जना गणक खटिएका छन्। उनीहरुलाई जनगणनाको लागि घरदैलोमा जान मंगलबार आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको स्थानीय जनगणना अधिकारी टेकनाथ पराजुलीले जानकारी दिए।

यस पटकको जनगणनावाट वडागत घरपरिवारको आर्थिक अवस्था , सामाजिक, कुन परिवारमा कतिजना, परिवारमा कतिजनाको बैंकमा खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन , सरकारी अनुदानमा बनेका घर, ब्याबसायिक, प्राविधिक शिक्षा तालिम, बसाइसराई , धर्म, लिङ्ग लगायत विविध कुराहरू जनगणनाबाट प्राप्त हुनेछ । 

जनगणनामा छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्ने जनाएको छ । विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेता पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसंगै जनगणना स्थगित गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - ०९:०५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology