देवघाट, १८ कार्तिक । नेकपा एमाले देवघाट गाउँ कमिटिको अध्यक्षमा केशवचन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएको छ। कमिटिको बुधबार सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्ष्मा न्यौपाने सर्वसम्मत निर्वाचित भएको हो।
अधिवेशनले न्यौपानेको अध्यक्षतामा ६३ सदस्यीय नेकपा एमाले देवघाट गाउँकमिटि गठन गरेको छ । किमिटिको उपाध्यक्षमा भोजराज नैनावस्ती, सचिवमा भिम बहादुर गुरुङ का साथै उपसचिवमा जमुना न्यौपाने र हर्कबहदादुर थापालाई निर्वाचित भएको छ।
गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एक बहादुर राना, जिल्ला अध्यक्ष केदार सिग्देल, सचिवालय सदस्य प्रदिपराज अधिकारी, देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापा, एमाले जिल्ला सदस्य बाबुराम अधिकारी लगायतले मन्तव्य राखेका थिए ।