Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा राष्ट्रिय जनजागरण २०७८ प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न 

देवघाटमा राष्ट्रिय जनजागरण २०७८ प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न 

करिश्मा गुरुङ

१८, कार्तिक २०७८
देवघाटमा राष्ट्रिय जनजागरण २०७८ प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न 

देवघाट, १८ कार्तिक । तनहुँको देवघाटमा राष्ट्रिय जनजागरण २०७८ प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ देवघाट गाउँ कार्य समितिको आयोजनामा बुधबार राष्ट्रिय जनजागरण प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

images

सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ तनहुँ जिल्ला अध्यक्ष मानिराज थापामगरले तनहुँ जिल्ला भरिमा रहेको सम्पुर्ण पालिकाहरूको घरआगनमा गएर जनगणना अभियान कार्यक्रम चलाउदैँ आएको बताउदैँ देवघाटमा अन्तिम दिन रहेको बताए । मगर जाति आदिवासीको हिसाबले सबैभन्दा पहिलो जाति भएता पनि आजभोलि कतिपय व्यक्तिहरूले आफु मगर जाति भएर पनि थापा लेख्दैँ आएको आफु मगर जातिमा हुर्केबढेता पनि आफ्नो जातको केहि महत्त्व नबुझेको उनले बताए । 

अरू देशका जनताहरूले आफ्नै भाषा बेचेर देशको बिकास गरेको छ हाम्रो देशमा भने जात नलेखेकै कारण आफै पछाडि परेको छन् सरकारले दिने सेवा सुविधाबाट बन्चित भएका छन् । उनले आफ्नै जात आफ्नै धर्म आफ्नै भाषाका लागि अभियानमा रातदिन लागि परेको बताए । मगरले पालिकामा आफ्नै जाति मगर प्रमुख र उपप्रमुख दुबै भएतापनि यहि मगरकै भवन निर्माण नभएकोमा आपति जनाएका थिए ।    

कार्यक्रमका विशिष्ट अतिथि नेपाल मगर संघ तनहुँका वरिष्ठ उपाध्यक्ष खड्का सिं थापा मगर, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष हर्क बहादुर थापा मगर, नेपाल मगर संघ तनहुँ महिला उपाध्यक्ष मिना थापा मगर, नेपाल मगर संघ तनहुँ सदस्य कुमार थापा मगर, नेपाली काङ्ग्रेस देवघाट गाउपालिका कमिटीका अध्यक्ष तिलवहादुर थापा मगर लगाएतले मन्तव्य राखेका थिए । व्यास नगरपालिका जेसिसका अध्यक्ष लक्ष्मी भक्त खनाल, नेपाल मगर संघ  देवघाटका पुर्व अध्यक्ष पुर्णवहादुर थापा लगाएर उपस्थित रहेका थिए ।

कार्यक्रम नेपाल मगर संघ देवघाट गाउँ कार्य समितिका अध्यक्ष तेजवहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७८ बिहिवार - ०९:३०:३१ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology