Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको होः प्रचण्ड

मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको होः प्रचण्ड

एसपी गौरब

१३, कार्तिक २०७८
मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको होः प्रचण्ड

सर्लाही, १३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउनुभयो ।आज सर्लाहीमा भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन बीचको एकता घोषणा समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवदाी केन्द्र)का अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । 

images

मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउँदै मधेशवादी दलहरुसंग पार्टी एकता गरेको अगाडी बढ्ने विषयमा आफुले छलफल शुरु गरेको समेत अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले पार्टी एकता गर्दा जसपाका नेताहरुलाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताउनु भयो ।

उक्त एकता घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्र राय यादवलगायतका नेताहरुको नाम लिँदै सरकार निर्माणमा गठवन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिने बताउनुभयो ।

मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उहाँले बताउँनु भयो । आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उहाँको भनाई छ । अहिलेको गठवन्धन सरकारले मधेसका नागरिकतासम्वन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले मधेशले आफुलाई माया गरेको बताउँदै आफुले मधेशबाट पाउँने माया निरन्तर पाई राख्ने पनि दाबी गर्नु भयो ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - १८:५३:०९ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology