Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेकपाका संस्थापक पुष्पलालको सालीक पुर्व प्रधानमन्त्री नेपालद्वारा अनावरण

नेकपाका संस्थापक पुष्पलालको सालीक पुर्व प्रधानमन्त्री नेपालद्वारा अनावरण

एसपी गौरब

१०, कार्तिक २०७८
नेकपाका संस्थापक पुष्पलालको सालीक पुर्व प्रधानमन्त्री नेपालद्वारा अनावरण

सर्लाही, १० कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ मा नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालीक अनावरण गरिएको छ ।  नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आज एक कार्यक्रमका वीच श्रेष्ठको सालिकअनवरण गरेका हुन्।

images

विभिन्न कार्यक्रमका लागि सर्लाही आएका पुर्व प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष नेपालले प्रदेश सभा सदस्य बेची लुंगेलीको क्षेत्र विकास कोषको करिब १ करोडको लागतमा निर्माण भएको पुष्पलालको सालीक अनावरण गर्नु भएको नेकपा (एकिकृत समाजवादी) सर्लाहीका नेता चुडामणी वाग्लेले जानकारी दिए।

प्रदेश सभा सदस्य बेची लुंगेलीकोको क्षेत्र विकास कोषको करिब १ करोडको लागतमा पुष्पलालको सालीक तथा सो क्षेत्रमा घेरावेरा र लालबन्दी नगरपालिका १६ वडा कार्यालयको सहयोगमा  खानेपानी ट्यांकी व्यावस्थापनको काम भई रहेको छ ।

पुर्व प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष नेपालले यस अघि लालबन्दी नगरपालिका ५ मा निर्माण भएको महिला भवनको उद्धघाटन गरेको थियो । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नु आएका उनले हिजो (मंगलबार) हरिवन नगरपालिका ५ को वडा कार्यालयको उद्धघाटन गरेको थियो भने जिल्लाका पार्टीका नेताहरुसंग देशको पछिल्लो राजनैतिक अवस्थाको वारेमा समेत छलफल गर्नु भएको नेकपा (एकिकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए।

वाक्लो सुरक्षा घेराका वीच जिल्लाको कार्यक्रममा रहेका नेता नेपालले अब नेपाली जनताले कामको आधारमा मात्र विश्वास गर्ने बताए।

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - २०:१३:०७ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology