देवघाट, ७ कार्तिक । तनहुँको देवघाट गाउँपालिकाको ५ मध्य ३ वटा वडामा मात्र शनिबार नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। वर्षाका कारण असहज भएर ३ वटा वडामा मात्र एमालेको वडाअधिवेशन समपन्न भएको हो।
गाउँपालिकाको वडा नं. १, ४ र ५ मा मात्र वडाअधिवेशन सम्पन्न भएको नेकपा एमाले देवघाटले जानकारी दिएको छ। जसअनुसार वडा नं. १ को अध्यक्षमा थमवहादुर थापा, उपाध्यक्षमा डम्बर वहादुर गुरूङ र विष्णु मायाँ गुरूङ, सचिवमा नर बहादुर बि.क, सह–सचिवमा सुन्दर भुजेल लगायत ३१ सदस्यीय समिति गठन भएको छ।
त्यस्तै वडा नम्बर ४ को अध्यक्षमा तिर्थलाल गुरूङ, उपाध्यक्षमा देवेन्द्रजङ्ग गुरूङ, सचिवमा मित्रलाल गुरूङ, सह–सचिव खिम राना लगाएत ३८ सदस्यीय र वडा नं. ५ को अध्यक्षमा गणेश बहादुर थापा,उपाध्यक्षमा आत्माराम पाण्डे, सचिवमा गोपि अछामि मगर, सह–सचिवमा रामहरी पुडासैनी र गिता ढकाल लगायत ३६ सदस्यीय वडा कमिटी गठन भएको छ।
अत्यधिक बर्षाका कारण रोकिएको बाँकी वडा नम्बर २ र ३ मा पनि छिट्टै अधिवेशन सम्पन्न गरिने एमाले देवघाटले जानकारी दिएको छ।