Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँको देवघाट–कोटा–खाल्टे सडकखण्ड समयमै मर्मत नगर्दा दशैंमा स्थानीयलाई आवतजावतमा सास्ती

तनहुँको देवघाट–कोटा–खाल्टे सडकखण्ड समयमै मर्मत नगर्दा दशैंमा स्थानीयलाई आवतजावतमा सास्ती

पत्रपत्रिका

१, कार्तिक २०७८
तनहुँको देवघाट–कोटा–खाल्टे सडकखण्ड समयमै मर्मत नगर्दा दशैंमा स्थानीयलाई आवतजावतमा सास्ती

देवघाट, १ कार्तिक । शालिग्राम करिडोर अन्तरगत तनहुँको देवघाट–कोटा–खाल्टे सडक खण्डमा बाढीपहिरोले भत्काउँदा स्थानीयले सास्ती झेल्दै आएका छन् । उक्त सडक खण्ड दसैं पर्वलाई लक्षित गरी मर्मत सुधार नगर्दा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ । 

images

यो सडक खण्ड स्थित ‘कोटा भटेरीदेखि बन्चरेपहरा बीचमा बाडीपहिरोले सडक भत्काएको र गाउँपालिकाले सडक मर्मत सुधारमा ध्यान नदिदा तनहुँको दक्षिण कछारभेग अन्तर्गत पर्ने देवघाटको वडा नं. २, ३ का बासिन्दा बढी प्रभावित हुन पुगेको स्थानीय रामबंसि ठकुरीले बताए। 

गत भदौ अन्तिममा नै देवघाट गाउँपालिकाले दसैँ अगाडी नै यस शालिग्राम कोरिडोर अन्तर्गत भतेरी बन्चरे खाल्टेसम्मको सडक खण्डलाई पूर्ण सरसफाई गरी सञ्चालनमा लाउने भनि कार्यपालिका बैठकमा निर्णय गरेपनि गाउँपालिकाले मर्मत सुधारमा समयमै ध्यान नदिदा अहिले स्थानीय स्थानीयले सास्ती झेल्नुपरेको उनले बताए। 

दशैँ जस्तो महान पर्वमा चितवन, नवलपुरदेखि आफ्नो जन्मस्थलमा दसैं पर्व मनाउन आउने तथा जानेहरु बढी प्रभावित भएका छन्। दसैं पर्वमा गाउँ आउने यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपरेको, बैकल्पिक कालीगण्डकी मार्गबाट महगो भाडादर एवं जोखिम मोलेर यात्रा गर्नुपर्ने लगायतका समस्या झेल्नुपरेको छ। 

गण्डकी प्रदेश सभा मार्फत बिनियोजन बजेट ५० लाख एवं देवघाट गाउँपालिकाले सरसफाईका लागि छुट्याएको बजेटबाट तत्काल बाटोको मर्मत सुधार हुनुपर्ने स्थानीयको माग छ। चाडवाडको समयमा पनि सडकको मर्मत सुधारमा गाउँपालिका तथा जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयको गुनासो छ।

आजको भञ्ज्याङ दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - ०७:२३:१८ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology