देवघाट, २३ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ कोटामा रहेको पशु बिकास फर्म वरिपरि वृक्षारोपण गरिएको छ। लियो क्लब अफ देवघाट चौतारी, चितवन ग्रीन लियो क्लब र रत्ननगर मिड नेपालको आयोजनामा आज ३ सय बिरुवा बृक्षारोपण गरिएको हो।
सो बृक्षारोपण करीब ४ रोपनी क्षेत्रफल वरिपरि आज ५ प्रजातिका बिरुवाहरु कटहर, तेजपत्त, अमला, अम्बा आदि गरि ३ सय बिरुवा बृक्षारोपण गरिएको लियो क्लब अफ देवघाट चौतारी अध्यक्ष आत्मराम पाण्डेले जानकारी दिनुभएको थियो।
सो बृक्षारोपण कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङले पशु बिकास फर्म आसपास क्षेत्रलाई हरियाली बनाई स्वच्छ रमणीय स्थान बनाउने बताउनुभयो।साथै सो स्थानको संरक्षण गर्ने दायित्व हामी सवै जनसमुदायको रहेको बताउनुभयो ।
कार्यक्रममा समृद्धि नेपालका संयोजक सम्राट अधिकारी,चितवन ग्रीन लियो क्लबका सुवर्ण खरेल, रत्ननगर मिडनेपालका अस्मिता आचार्य समाजसेवी युवा नुर गुरुङ लगाएको उपस्थिति रहेको थियो।