Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा प्रथम दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगिता सुरू

देवघाटमा प्रथम दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगिता सुरू

images

इच्छाकामना न्युज

२१, आश्विन २०७८
देवघाटमा प्रथम दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगिता सुरू
images

देवघाट, २१ असोज । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ तनहुँको देवघाटमा नेपालीहरूको महान चाड विजय दशमीको पावन अवसरमा आयोजित  प्रथम दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगिता बुधबारबाट सुरू भएको छ  । देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेको शुन्दरशिल टोल विकास संस्थाको आयोजनामा फुटबल प्रतियोगिता असोज सुभारम्भ भएको हो ।  

अहिलेका युवाहरूको पहिलो प्राथमिकता भनेको नै फुटबल हो र उनिहरूलाई खेलबाट नै अगाडि बढाउनु पर्छ भन्दैँ दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगिता सुभारम्भ  गरेको आयोजक टिमले बताए । 

244641629_1087012531835361_2497604680581135421_n.jpg

प्रथम दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगितालाई औपचारीक रूपमा समुद्वघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिका अध्यक्ष दुर्गवहादुर थापाले खेलकुद भनेको युवा, वृद्वा र बालक लगाएत अन्य सबैका लागि लाभदायक रहेको बताउदैँ सबै खेलाडीहरूलाई खेललाई आफ्नो पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।

देवघाट खेलकुद समितिका खेल मैदानमा सञ्चालन भएको सो फुटबल प्रतियोगितामा रेफ्रिलाई हातमा फुटबल हस्तान्तरण गरे लगत्तै खेल खेलाएका थिए उनले खेलाडीहरू भनेको देशको गहना हो आफ्नो लागि आफै जिम्मेवारी हुनुपर्छ भन्दैँ अनुसासित पुर्वक खेल खेल्न अनुरोध गरेका थिए । 

सो फुटबल प्रतियोगिताको पहिलो दिन चौध किलोको झ्याप ग्याङ्ग टिम र देवघाट स्थित रहेको क्षेत्री टोलको टिमलाई खेलाएर खेलाएर सुरू गरिएको छ ।

244581765_294485259181610_5699959449667704114_n.jpg

सुभारम्भ कार्यक्रम माओवादी केन्द्र देवघाट गाउँकमिटीका अध्यक्ष भुवन गुरुङ, देवघाट खेलकुद समितिका अध्यक्ष सुकु गुरूङ, देवघाट धर्मास्थ अस्पताल जनस्वास्थ्य निरीक्षक जीवन गुरूङ, नेपाली कांग्रेस उपसभापति पुरूसोतम शर्मा पण्डित  लगायत उपस्थिति रहेका थिए भने शुन्दरशिल टोल विकास संस्थाका अध्यक्ष श्रीलाल गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - ०७:५२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology