Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा राष्ट्रिय युवा संघ नेपालको बृहत युवा भेला सम्पन्न, सुकु गुरुङको अध्यक्षतामा १०१ सदस्यीय कमिटि गठन

देवघाटमा राष्ट्रिय युवा संघ नेपालको बृहत युवा भेला सम्पन्न, सुकु गुरुङको अध्यक्षतामा १०१ सदस्यीय कमिटि गठन

करिश्मा गुरुङ

२०, आश्विन २०७८
देवघाटमा राष्ट्रिय युवा संघ नेपालको बृहत युवा भेला सम्पन्न, सुकु गुरुङको अध्यक्षतामा १०१ सदस्यीय कमिटि गठन

देवघाट, २० असोज । तनहुँको देवघाटमा राष्ट्रिय युवा नेपालको बृहत भेला सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल  देवघाट गाउँ कमिटीद्वारा मंगलबार आयोजना गरिएको सो बृहत युवा भेलामा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले पानसमा बत्ती बालेर समुद्वघाटन गरेका थिए ।

images

देवघाट गाउँपालिकाभित्र रहेका सम्पूर्ण युवाहरूको सहभागीतामा सञ्चालित सो बृहत युवा भेलामा सुकु गुरूङको अध्यक्षतामा १०१ सदस्यीय समिति गठन गरिएको छ । 

कार्यक्रममा प्रमुख अतिथिले भेलामा बोल्दै अध्यक्ष पौडेलले नेकपा एमालेको पहिलो बिधान महाधिवेशनले पार्टीलाई निकै उर्जावान बनाएको बताए । अवको तिनवटै तहको निर्वाचनमा एमालेलाई बहुमतप्राप्त पार्टी बनाउने गरि महाधिवेशनले योजना बनाएको अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले अहिलेका सत्तारुढ पाँच दललाई श्यालको संज्ञा दिदै पाँच वटा श्यालहरु मिलेर एउटा सिंहसँग लड्न खोजेको बताए । ‘जब लडाईमा सिंहले आफ्नो हैषियत देखाउँदछ, तब श्यालहरुको भागाभाग हुन्छ, पौडेलले भने । 

मन्त्रीपरिषदमा सर्वोच्च अदालतका प्रधानन्यायधीशलाई समेत भागबन्डा गर्न खोजिएको भन्दै अध्यक्ष पौडेलले जनादेश विरुद्ध अदालत समेत प्रयोग भएको आरोप लगाए । उनले संविधानको रक्षाकोलागि पनि एमालेको जित आवश्यक भएको बताए ।

244541901_1004992890355108_3621081658324480939_n.jpg

अन्तराष्ट्रिय मन्चहरुमा अहिले नेपाल देखिन र सुनिन छाडेको भन्दै पौडेलले दार्चुलाका युवा जयसिंह धामीको महाकाली नदीमा भारतीय एसएसबीले तुईन काटेर वेपत्ता बनाउँदा पनि सरकारले एक शब्द बोल्न नसकेको बताए । युवाहरुले राजनीति प्रति चासो राख्नु पर्ने भन्दै उनले युवाहरुको राजनीतिमा शसक्त हस्तक्षेप भएपनि असक्षमहरुबाट शासित हुनु पर्ने बताए । युवाहरुलाई राजनीति प्रति आकर्षित गर्न र युवाहरुलाई राष्ट्रिय स्वाभिमानप्रति जागरुक बनाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा ठुलो भुमिका भएको उनको भनाई छ । त्यही भएर अहिले हरेक घर घरमा केपी ओलीको समर्थक रहेको पनि पौडेलले बताए ।

काँग्रेसले ठुला उद्योग र कलकारखाना बेचेर खाएको कारण देशमा भ्रष्टाचार बढेको र युवाहरु बेरोजगार भएको भन्दै पौडेलले जनयुद्धको नाममा देशभरका ६ हजार भन्दा बढि उद्योगहरु बन्द भएको कारण आज युवाहरु खाडी मुलुक धाउन बाध्य भएको उनको भनाई थियो । माओवादीले युवाहरुलाई लुट्न, कुट्न र भुट्न सिकाए पनि युवा संघ नेपाल रहरलाग्दो, भरलाग्दो र प्रतिक्रियाबादीहरुकोलागि डरलाग्दो संगठन बन्नु पर्ने पौडेलले बताए । अवको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गर्दै पौडेलले त्यसकोलागि युवा संघ नेपाल अहिले देखि नै आ आफ्नो ठाउँमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दैँ राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय  उपाध्यक्षप गण्डकी प्रदेशका ईन्चार्ज  सन्तोष रावलले अहिलेका युवाहरू भनेको भविष्यका कर्णदार हुन्, उनिहरूलाई राजनीतिक क्षेत्रमा ल्याएर युवाहरूको शक्ति देखाउनु पर्ने बताए । राजनितीलाई बलियो बनाउनु पर्छ भन्ने हेतुले नेपालमा पहिलोपटक राष्ट्रिय युवा संघको समिति गठन गरि अहिले यहाँसम्म आएको रावलको भनाइ थियोे ।

उनले युवाहरू जुनसुकै पार्टीमा रहेता पनि आफ्नो देशलाई सहि मार्गतर्फ लैजानलाई युवाहरूले सहयोग गर्नुपर्ने बताउदैँ राष्ट्रिय युवा संघ नेपाल पार्टीलाई हरेक संकटमा हरदम सहयोग गर्दै आएको बताए । उनले राष्ट्रिय युवा संघले देश विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरूङ, राष्ट्रिय युवा संघ सचिवालय सदस्य तनहुँका संयोजक उज्ज्वल खनाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मदन तिमल्सिना, देवघाट गाउँपालिकाका अध्यक्ष दर्गवहादुर थापा नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सिटि हल क्युदिमा सम्पन्न भएको सो बृहत युवा  भेलामा लगभग ६०० को हाराहारीमा  युवाहरूको सहभागीता रहेको थियोे । भने  राष्ट्रिय युवा संघ देवघाट गाउँ कमिटीका अध्यक्ष सुकु गुरूङको  अध्यक्षतामा सम्पन्न भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सान श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - ०७:११:४२ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology