Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट क्षेत्र विकास समितिद्वारा निर्मित मार्ग र योग सभाहलको एकैदिन समुद्घाटन

देवघाट क्षेत्र विकास समितिद्वारा निर्मित मार्ग र योग सभाहलको एकैदिन समुद्घाटन

images

करिश्मा गुरुङ

१२, आश्विन २०७८
देवघाट क्षेत्र विकास समितिद्वारा निर्मित मार्ग र योग सभाहलको एकैदिन समुद्घाटन
images

देवघाट, १२ असोज । तनहुँ देवघाटमा सोमबार एकै कार्यक्रमका बिच दुई कार्यहरूको  समुद्घाटन गरिएको छ। देवघाट क्षेत्र विकास समितिद्वारा निर्मित महेश चोक देखि गलेश्वर चोक मार्ग र योग सभाहलको समुद्घाटन भएको  हो । कार्यक्रम गलेश्वर र महेश आश्रमका दुई स्वामीहरूको प्रमुख अतिथयमा भएको थियोे । 

देवघाट हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कालिगण्डकी र त्रिशूली नदीको संगममा पर्ने भएकोले यहाँ तिर्थालु भक्तजनहरू आउने बेला धार्मिक झल्काउने खालको रङ्गरोगन र बाटो बनाउन कार्यक्रमका प्रमुख अतिथि अनन्तश्री विभुषित महामण्डललेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले क्षेत्र विकास समितिलाई अनुरोध गरे। उनले देवघाटले अदिमकाल देखि नै एउटा ऐतिहासिक र पुरातात्त्विक रूप बोकेर आइरहेको बताए ।  

स्वामीले सनातन धर्मका प्रतिष्ठित जो संसारभरी पहिचान कमाएका धर्म गुरु र विश्वमा नाम कमाउन सफल व्यक्तिलाई देवघाट ल्याएर यहाँको गरिमाको बारेमा जानकारी गराउन पाए अझ धेरै राम्रो हुने बताए।

कार्यक्रममा प्रमुख अतिथि महेश शन्यास आश्रमका १००८ स्वामी आत्मानन्द गिरिजी महाराजले हामीले प्राकृतिक सुन्दरतालाई भत्काउनु हुदैँन भन्दैँ यहाँका देउतासरी रहेका ढुङ्गा व्यवस्थित भैरहेको छ र अझ बढी व्यवस्थित गर्ने र जिवित सरह भएर बगेका नदीहरूलाई संरक्षण गर्दै अगाडि बढ्न सकियो भने देवघाटमा घुम्न आउने तिर्थालु भक्तजनहरूले उर्जा मिलेको महशुस गर्न पाइयोस् भन्ने अपेक्षा राखे।

आव २०७६/०७७ मा गण्डकी प्रदेश सांसद कोषमा हरिवहादुर चुमानबाट १५ लाख, आव २०७७/०७८ मा नेपाल सरकारबाट अनुदान प्राप्त रकम ३ लाख र उपभोक्ता समितिबाट ६ लाख गरि जम्मा ५१ लाखमा महेशचोक देखि गलेश्वर चोक मार्ग निर्माण गरिएको हो । जहाँ ३०० मिटर मार्ग निर्माण गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेले बताए । 

त्यस्तै देवघाट क्षेत्र विकास समितिको कार्यलयको माथिल्लो तल्लामा निर्माण गरिएको योगहल पनि आव २०७६/०७७ मा नेपाल सरकार र देवघाट गाउँपालिकाबाट प्राप्त अनुदान गरेर जम्मा  १५ लाख र आव २०७७/०७८ मा नेपाल सरकार मार्फत ३० लाख रकम गरेर जम्मा ४५ लाखमा भवनको निर्माण गरिएको घिमिरेले जानकारी गराएका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले देवघाट क्षेत्र विकास समितले गरेको सरानिय कार्य गरेकोमा धन्यवाद प्रकट गरे । थापाले मानवजातिका लागि योगा अत्यावश्यक रहेको बताउदैँ अब योगा सभाहलमै नियमित योगा गर्न अनुरोध गरे । 

भने सोही समारोहमा यस दुवै निर्माण गर्ने क्रममा युवाहरूले नाफा कमाउनको लागि हैन सेवाको भावले भुमिका खेलेका भन्दै तिन जना युवाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । सम्मानित हुनेमा गरिमा निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल मिश्र, गरिमा निर्माण उपभोक्ता समितिका सान श्रेष्ठ र नीति कन्स्ट्रक्सनका प्रतिनिधि अर्जुन अधिकारी रहेका छन् । 

243499382_245595690909928_3283579283921226265_n.jpg

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष  शिवराज पौडेलले राम्रो कार्य गर्ने व्यक्तिलाई तालि पिटेर सम्मान गर्नुपर्छ भन्दैँ आफुले देवघाटको विकास कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

त्यस्तै गरी कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्षहरू टंकनाथ पौडेल,डा। गुरु प्रसाद सुवेदी, नेपाली कांग्रेस देवघाटका उपसभापति पुरूशोत्तम शर्मा पण्डित , देवघाट क्षेत्र विकास समितिका सदस्य प्रविण कार्की र गरिमा उपभोक्ता समितिका अध्यक्ष सान श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए भने देवघाट सव-डिभिजन वन कार्यलयका प्रमुख नवराज घिमिरे, ईलाका प्रहरी देवघाटका इन्चार्ज सुशील लामिछाने लगाएत आश्रमका वटुकहरूको उपस्थिति रहेको थियोे 

कार्यक्रम देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - ०८:१८:०७ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology