Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गैरआवासीय नेपाली अब ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर नेपाल आउन पाउने 

गैरआवासीय नेपाली अब ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर नेपाल आउन पाउने 

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
गैरआवासीय नेपाली अब ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर नेपाल आउन पाउने 

सरकारले नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पिसिआर रिर्पोटमा कोरोना सङ्क्रमण नभएमा नेपाल प्रवेश अनुमति दिने निर्णय गरेको छ । 
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी नागरिक र उनीहरुका परिवारलाई समेत पिसिआर रिर्पोटका आधारमा सरकारले नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको बताउनुभयो । नेपाली नागरिक रहेका अधिकांश मुलुकमा नियमति उडान सुरु भएको भन्दै सरकारले अब नियमित उडानबाटै नेपालीलाई घर फर्कन प्रोत्साहित गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी गराउनुभयो । सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम पनि घोषणा गरेको उहाँको भनाइ छ । 
गण्डकी प्रदेशका ५, प्रदेश नम्बर १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको हो । पर्यटनसँग सम्बन्धित विभिन्न सेवा, व्यवसाय तथा कार्यसमेत सूचारु गर्ने र बलात्कारपछि हत्या गरिएका बझाङका १२ वर्षका सम्झना विकको परिवारलाई ३ लाख आर्थिक सहायता दिने निर्णय पनि सरकारले गरेको छ । 

images

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०९:४७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology