Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

१३ वर्षकी बालिकाको पिडाः आफ्नै माईजुले भारतको कोठीमा पुर्‍यायो, जबरजस्ती यौनधन्दा गर्न लगाईयो

१३ वर्षकी बालिकाको पिडाः आफ्नै माईजुले भारतको कोठीमा पुर्‍यायो, जबरजस्ती यौनधन्दा गर्न लगाईयो

बालिकालाई गर्भवती भएपछि गर्भपतन गराईयो र पाठेघर समेत झिकेर फाली पुनः यौनधन्दा मै लगाईयो

images

पत्रपत्रिका

२९, भाद्र २०७८
१३ वर्षकी बालिकाको पिडाः आफ्नै माईजुले भारतको कोठीमा पुर्‍यायो, जबरजस्ती यौनधन्दा गर्न लगाईयो
images

काठमाण्डौ, २९ भदौ । १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्‍याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्‍याइएको थियो। 

कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पु¥याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन् ।

‘काम कागज कारखानामा गर्ने हो। राम्रो कमाइ हुन्छ। आमाको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिहीबार प्रहरीको सम्पर्कमा आएकी उनले भनिन्, ‘दिल्ली पुर्‍याएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए ।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन्।

उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बिताइन्। ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्षजस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन्। कोठी सञ्चालककी पत्नीजस्तै बनाएर गर्भपतन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघरसमेत झिक्न लगाइयो ।

‘पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई कोठीमा पु¥याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको उनले बताइन्। आफूलाई राखिएको कोठीमा धेरै नेपाली केटी रहेको जानकारी उनले दिइन्। 

यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ०७:५६:२५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology