देवघाट, २५ कार्तिक । तनहुँको देवघाट गाउँपालिका वडा नम्बरमा ५ मा रहेको चक्रवती सामाजिक उद्यमी महिला सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाको कृषि हाट बजारमा आज एक कार्यक्रमका बिच सहकारीको वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष संगिता ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा देवघाट गाउँपालिका ५ का वडाध्यक्ष याल बहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि गुरुङले सहकारी संस्थाले समुदायको आर्थिक उन्नति, समाज बिकास र परिवर्तनको लागी ठुलो भुमिका खेल्ने हुँदा जनसमुदायको अझै मन जित्दै देवघाट गाउँपालिकाको कििम्तमा पनि ५ वटा वडामा शाखा बिस्तार गरि अगाडी बढ्न अनुरोध गर्नुभएको थियो। साथै त्यसका लागि ५ नम्बर वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताउदै आगामी दिनहरुमा सहकारीले देवघाट ५ नम्बर वडा मात्र नभई सिङ्गो गाउँपालिकाको बिकासको निम्ति सहकार्य गरि अगाडी बढ्नुपर्ने उहाँले बताउनु भएको थियो।

यस्तै कार्यक्रमका विशेष अतिथि देवघाट गाउँपालिकाका सहकारी शाखा प्रमुख कृष्णराज पन्तले कार्यक्रममा बोल्दै चक्रवती सामाजिक उद्यमी महिला सहकारी संस्थाले निरन्तर समुदाय बिकासको लागी विभिन्न क्षेत्रमा लगानी गर्दै अगाडी बढेकोमा खुशी व्यक्त गर्नुभएको थियो।
सो कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा सदस्य ठाकुरकुमारी काफ्ले, हेफर इन्टरनेसनल नेपालका रुपेश काफ्ले र हेफर इन्टरनेसनल नेपालका सुमिन भण्डारी लगाएको उपस्थिति रहेकोे थियो।