Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका सहित सबै स्थानीय तहमा कांग्रेसको वडा अधिवेशन सुरु

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका सहित सबै स्थानीय तहमा कांग्रेसको वडा अधिवेशन सुरु

images

पत्रपत्रिका

१८, भाद्र २०७८
गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका सहित सबै स्थानीय तहमा कांग्रेसको वडा अधिवेशन सुरु
images

गोरखा, १८ भदौ । नेपाली कांग्रेस गोरखाले आज दुई नगरपालिका सहित ११ वटै स्थानीय तहका ९४ वटै वडामा अधिवेशन गर्दैछ । अधिवेशनको सबै तयारी पूरा भएको र क्रियाशिल सदस्य, निर्वाचन अधिकृत वडा/वडामा पुगिसकेको कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।

‘शुक्रवार सबै वडाको समिति चयन हुनेछ’, न्यौपानेले भने, ‘सबै वडामा सर्वसम्मत समिति चयन गर्न अनुरोध गरेका छौँ । संगठनको हितलाई ध्यानमा राखेर सबैलाई सर्बसम्मत गर्न भनेका छौँ ।’ क्रियाशिल सदस्यको नामावलीसहित वडामा निर्वाचन अधिकारीहरु खटिइसकेका छन् ।

धार्चे र चुमनुब्रीमा बाटो बिग्रिएकाले आउजाउमा समस्या भएको सचिव न्यौपानेले बताए । ‘अहिले उत्तरी गोरखाका वडामा पनि मतदान अधिकृत र क्रियाशील सदस्यहरु पुगिसकेका छन् ।’

अधिकांश वडामा समिति चयन सहज हुने भएपनि प्रतिनिधि छनौट भने सहज नभएको नेताहरुले अनुमान गरेका छन् ।
क्रियाशील सदस्यमध्येबाट वडा समिति चयन गरिनेछ ।

१५० जनासम्म क्रियाशील सदस्य रहेको वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । त्यसमाथि एकसय सदस्य थपिएको खण्डमा थप १० जना प्रतिनिधि थपिनेछन् । भदौ २७ गते भने पालिका स्तरको अधिवेशन हुनेछ । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०९:३९:४४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology