Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिका सहित चितवनका सबै नगरपालिकामा एकैपटक भदौ २३ गते वडा अधिवेशन गर्ने कांग्रेसको निर्णय

इच्छाकामना गाउँपालिका सहित चितवनका सबै नगरपालिकामा एकैपटक भदौ २३ गते वडा अधिवेशन गर्ने कांग्रेसको निर्णय

images

इच्छाकामना न्युज

१६, भाद्र २०७८
इच्छाकामना गाउँपालिका सहित चितवनका सबै नगरपालिकामा एकैपटक भदौ २३ गते वडा अधिवेशन गर्ने कांग्रेसको निर्णय
images

चितवन, १६ भदौं । नेपाली कांगेस चितवनमा चुनावी सरगर्मी बढेको छ । वडादेखि केन्द्रसम्म उम्मेदरवारका आकांक्षीहरुले घोषणापत्रसहित सामाजिक सञ्जालमा प्रचार प्रसारको काम तीव्र बनाएसँगै चुनावी सरगर्मी बढेको हो ।

हरेक दिन एकपछि अर्काे उम्मेदवारी घोषणा भइरहेको छ । चितवनमा अहिलेसम्मको प्रारम्भिक अवस्थालाई हेर्दा यसअघिका अधिवेशनहरु भन्दा बढी उम्मेदरवारहरुको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । चितवनका राजनीतिक विश्लेषकहरु अन्तिम समयसम्म पनि कम्तिमा तीन जनाको उम्मेदवारी सबै तहमा रहने दाबी गर्छन् ।

उम्मेदवारी घोषणाको आधारमा हेर्दा कांग्रेस चितवनको सभापतिमा उत्तम जोशी, डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, मिलनबाबु श्रेष्ठ, विजय भुसाल, राजेश्वर खनाल र राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दिने बताएका छन् । त्यसैगरी सचिवमा भरतप्रसाद दवाडी, सूर्य अर्याल, सूर्य ढकाल, नविन पौडेल, ध्रुव पोखरेल, आनन्द राउत, निर्मलराज पौडेलले उम्मेदवारीको घोषणा गरिसकेका छन् । उम्मेदवारहरुको व्यक्तित्वलाई हेर्दा निकै अग्रज राजनीतिक व्यक्तित्वदेखि भर्खरका युवाहरु पनि विभिन्न पदमा आकांक्षी छन् । अहिले उम्मेदवार घोषणा गर्ने मध्ये कुन नेता कुन गुटको भन्ने स्पष्ट मार्गचित्र चितवन कांग्रेसमा देखिइसकेको छैन ।

जिल्लाका वडा तहमा पनि कांग्रेसका उम्मेदवारका आकांक्षीहरुको एकपछि अर्काे घोषणा भइरहेको छ । नयाँ क्रियाशिल सदस्यहरुले पनि वडा तहमा उम्मेदवारी दिन पाउने कांग्रेसको विद्यानमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस चितवनको केन्द्रीय निर्वाचन प्रतिनिधि कमलमोहन पोख्रेल उपस्थितिमा आज सम्पन्न जिल्ला कार्यसमितिको बैठकले चितवनका सबै नगरपालिका र गाउँपालिकाको ९८ वटै वडाका अधिवेशन भदौं २१ गते सम्पन्न गर्ने निर्णय गरेको कांग्रेस सभापति जितनारायण श्रेष्ठले  जानकारी दिए । उनले अहिले आफूहरु प्रतिनिधिहरु वडा वडामा पठाउने काममा व्यस्त रहेको बताए ।

चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए । नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ । चितवन क्षेत्र नम्बर १ मा आठ हजार ७००, क्षेत्र नम्बर २ मा नौ हजार २४८ जना र क्षेत्र नम्बर ३ मा नौं हजार ८९८ जना क्रियाशिल सदस्य रहेका छन् । क्रियाशिल सदस्यता वितरणमा भने चितवनमा कुनै विवाद नरहेको कांग्रेस चितवनले जनाएको छ । पार्टीका विभिन्न पदमा धेरैले आकांक्षा राखे पनि उम्मेदवारी मनोनयन नभएसम्म उम्मेदवारको ग्यारेन्टी नहुने बताइएको छ ।

240873917_4268234339926363_4920665083951886195_n.jpg

images
प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - २०:१८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology