Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटको पुलबाट हामफालेर एक युवा वेपत्ता, पुलको छेउमा बेबारिसे मोटरसाइकल भेटियो

देवघाटको पुलबाट हामफालेर एक युवा वेपत्ता, पुलको छेउमा बेबारिसे मोटरसाइकल भेटियो

इच्छाकामना न्युज

२, भाद्र २०७८
देवघाटको पुलबाट हामफालेर एक युवा वेपत्ता, पुलको छेउमा बेबारिसे मोटरसाइकल भेटियो

चितवन, २ भदौं । देवघाटधामको झोलुङ्गे पुलबाट हाम फालेर एक जना वेपत्ता भएका छन । बुधबार साँझ ६ः४० बजे भरतपुर महानगरपालिका १ देवघाट स्थित चितवन र तनहुँ जोड्ने सो पुलको विच भागबाट पहिचान नखुलेका एक पुरुषले हाम फालेका थिए ।

images

घटना भएको थाहा पाएपछि गएको रबर बोट सहितको प्रहरी टोलीले खोजतलास गरेको थियो । बुधबार ९ बजेसम्म वेपत्ता पुरुषलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

सो झोलुङ्गे पुल नजिक प्रहरीले बेबारिसे अबस्थामा प्रदेश ३–०२–०१० प २८२३ नम्बरको मोटरसाइकल फेला पारेको छ । सो मोटरसाइकलका बारेमा जानकारी भएकाले सम्पर्क राख्न चितवन प्रहरीले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - २२:०५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology