Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह 

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह 

images

इच्छाकामना न्युज

३२, श्रावण २०७८
अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह 
images

काठमाण्डौ, ३२ साउन । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले वेबसाइटमार्फत वा मोबाइलबाट सम्पर्कमा आउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले एक सूचना निकाल्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको छ ।

दर्ताका लागि अफगानिस्तानमा रहेका नेपाली वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा विवरण दर्ता गराउन सक्नेछन् । उद्धारका लागि  +९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न पनि मन्त्रालयले भनेको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगतथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले सम्बन्धित मुलुक र निकायमा पत्राचार पनि गरेको छ । 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०९:०५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology