Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुने 

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुने 

images

इच्छाकामना न्युज

२८, श्रावण २०७८
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुने 
images

काठमाण्डौै, २८ साउन । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बस्ने बताइएको छ । बैठकमा तोकिएकै मितिमा महाधिवेशन गर्ने वा कार्यतालिका फेरबदल गर्ने भन्ने विषयमा मुख्य छलफल हुने छ ।

हिजो सभापति शेरबहादुर देउवाले आफू पक्षका नेताहरुसँग बैठक गरेर दिउँसो २ बजे पौडेल, सिटौलासहितका नेताहरुसँग छलफल गर्नुभएको थियो । देउवा पक्षीय नेताहरुको छलफलबाट पौडेललाई विश्वासमा लिएर महाधिवेशन सार्ने रणनीति तय भएको छ ।

तर, पौडेलले क्रियाशील सदस्यतामा भएको धाँधलीको तत्काल निवारण गरेर विवादरहित ढंगले महाधिवेशन सुरु गर्न र भदौ महिनाभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका ल्याउन माग गरेका छन् ।

केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ । शीर्ष तहमा सहमति जुटेपछि मात्रै केन्द्रीय समितिमा कार्यतालिका पेश हुनुपर्ने सुझाव संस्थापन इतर समूहको छ ।

केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महाधिवेशनको नयाँ कार्यतालिकामा सहमतिको प्रयास भइरहेको बताउनुभयो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन हुने गरी कार्यतालिका ल्याउनेबारे नेताहरुबीच छलफल भइरहेको बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०९:१५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology