Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने 

विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने 

इच्छाकामना न्युज

२०, कार्तिक २०७७
विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने 

काठमाण्डौ, २० कार्तिक । सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकवालाले सान्त्वना र राहत वापतको रकम लिनका लागि निवेदन दिन आग्रह गरेको छ। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र कोभिड–१९ का कारणले शव नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारका हकवालालाई वैदेशिक रोजगार बोर्डले निवेदन दिन आग्रह गरेको हो। 
नियमानुसार प्रदान गरिने आर्थिक सहायताका अतिरिक्त विदेशमा दाहसंस्कार भएवापत सान्त्वना राहत स्वरूप थप ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएकाले त्यसै अनुसार स्थानीय तहमा निवेदन दिन आग्रह गरिएको बोर्डका निर्देशक एवम् सूचना अधिकारी दिनबन्धु सुवेदीले सीआईएनसँग बताउनुभयो। सम्बन्धित परिवारको हकवालाको सहमतिमा कारोना महामारीको बीचमा अन्तराष्ट्रिय उडान बन्द भएपछि २ सय ७५ जना नेपालीको कार्यरत मुलुकमा नै दाहासंस्कार गरिएको बैदेशिक रोजगार बोर्डले जनाएको छ।

images

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०९:००:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology