देवघाट, २७ साउन । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ साउनेमा विभिन्न जातको फलफुलको विरुवा वितरण गरिएको छ। रोटरी क्लब अफ नारायणगढ चितवनको आर्थिक सहयोग तथा देवघाट गाउँपालिकाको संयोजनमा अल्पसंख्यक तथा पिछडा वर्गलाई मध्य नजर गर्दै आज विभिन्न जातको फलफुलको बिरुवा वितरण गरिएको हो।
क्लवले १ सय ५० बोट आँप र ५ सय ५० बोट लिचि गरि ७२५ वटा बिरुवा वितरण गरिएको थियोे। साउने गाउँमा अधिकतम भुजेल जातिहरू बसोबास गर्दै आइरहेको र यहाँका व्यक्तिहरूमा बिरुवा लगाउनको लागि जमिन भएता पनि बिरुवा उपलब्ध गर्नको लागि भने आर्थिक पाटो कमजोर भएर गाउँपालिकालाई बिरुवा उपलब्ध गराउन अनुरोध गरिएको थियो।
सोहि बमोजिम गाउँपालिकाले रोटरी क्लब अफ नारायणगढ शाखासँग समन्वय गरेर बिरुवा ल्याइएको कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले बताए। अध्यक्ष थापाले यसको राम्रो हेरविचार गरेर हुर्काइयो भने आवश्यक परेको खण्डमा आगामी दिनहरूमा पनि विभिन्न सँघसँस्थाहरूसँग समन्वय गरेर बिरुवा उपलब्ध गराउने प्रतिवद्वता जनाए।
उनले आफ्नो टोल समुदायको बिकास हामी आफैंबाट सुरु गर्नुपर्ने बताउदैँ बोटविरुवा वृक्षारोपण तथा संरक्षण गर्ने दायित्व पनि हामी सबैको रहेको बताए ।

सो बिरुवा वितरण कार्यक्रममा ईन्जिनियर गुनेश्वर महत्त्वले विरूवाको माग गर्नु मात्रै नभएर त्यसको संरक्षणमा अझ बढी ध्यान दिनुपर्ने कुरालाई जोड दिएका थिए ।
उनले आगामी दिनहरूमा पनि यहाँका समस्याहरूलाई केलाएर के–के चिजको अभाव छ त्यसलाई विश्लेषण गरेर फेरि पनि सहयोग दिन आउने प्रतिवद्वता ज्ञापन गरे ।
बिरुवा पाए पश्चात् सो भुजेल वस्तिमा खुशी छाएको थियोे । कार्यक्रममा रोटरी क्लब अफ नारायणगढ चितवनका उपाध्यक्ष यज्ञमुनि बज्राचार्यले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका निवर्तमान अध्यक्ष अनुकुल श्रेष्ठ, समाजसेवी कविराज गुरूङ, एमआरसी नेपाल कृषि प्राविधिक जित नारायण शाह, देवघाट गाउँपालिकाका पशु प्राविधिक दिपक वि.क. लगाएतको उपस्थित रहेको थियो भने जलदेवि आमा समुहका अध्यक्ष भरिमाँया गुरूङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियोे।