देवघाट, २६ साउन । तनहुँको देवघाटमा दुई दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । समृद्धिका लागि त्रिपक्षीय आयाम नेपालको आयोजनामा मंगलबारदेखी दुई दिने आधारभूत पत्रकारिता तालिम सुरुवात भएको हो ।
तालिम देवघाटमै भएका स्थानीयलाई प्राथमिकता दिदै केही राम्रो दक्ष कर्मचारीहरू यहि स्थानबाट उत्पादन गर्न सकुन भन्ने उद्वेश्यले २ दिने पत्रकारिता तालिम सञ्चालन गरिएको आयोजक संस्था आयाम नेपालले जनाएको छ।

तालिममा १७ जनाले सहभागीता जनाएका छन् । सहभागी प्रशिक्षार्थीलाई तालिमको पहिलो दिन पत्रकार मनोज घिमिरेले प्रशिक्षण दिएका थिए ।
दुई दिने आभारभूत तालिमको पहिलो दिन आफ्नो परिचय कसरी दिने, औपचारिक कार्यक्रम कसरी सञ्चालन गरिने भन्ने विषयमा प्रशिक्षक घिमिरेले प्रशिक्षण दिएको हो ।
तालिमको उद्वघाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरका गतीविधिलाइ क्षणभरमै पहिचान गराउने पत्रकारिता पेशालाई निरन्तरता दिए तालिमको सार्थकता हुने देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताए। स्थानिय स्तरमा भएका दक्ष व्यक्तिलाई नै निखार्दै अघि बढाउन आग्रह गर्दै यस तालिमले यहाँका गतिविधिहरूलाई प्रष्ट तरिकाले बाहिर ल्याउन थप सहयोग पुग्ने छ भन्ने आशा राख्दै आगामी दिनहरूमा भने गाउँपालिकाबाट पनि यस्तै तालिमको आयोजना गर्ने समेत उनले बताए ।

यसैगरी बुद्धिजिवी परिषद देवघाटका अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठले आधारभुत तालिम पश्चात सबैजना पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न सुझाव दिए। सुचना आदानप्रदान गर्नमा सबैभन्दा भरपर्दो माध्यम पत्रकारिता पेशा भएको भन्दै प्रशिक्षार्थीहरु उत्साहित बनेका छन् । तालिममा १७ जना सहभागि भएका थिए भने प्रशिक्षार्थीलाई तालिम पश्चात निरन्तर लागि पर्न सुझाव समेत दिएका थिए ।