Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखामा प्रहरीको गाँजा फाड्ने अभियान, गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा सबैभन्दा बढि गाँजा फाडियो

गोरखामा प्रहरीको गाँजा फाड्ने अभियान, गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा सबैभन्दा बढि गाँजा फाडियो

images

इच्छाकामना न्युज

२६, श्रावण २०७८
गोरखामा प्रहरीको गाँजा फाड्ने अभियान, गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा सबैभन्दा बढि गाँजा फाडियो
images

गोरखा, २६ साउन : गोरखा जिल्लामा ९२ हजार भन्दा बढी अबैध गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । लागू औषध नियन्त्रणको अभियानमा संक्रियता पूर्वक लागेको गोरखा प्रहरीले गएको गत आर्थिक बर्षमा मात्रै जिल्लाभरका बिभिन्न स्थानमा पुगेर ९४ हजार ६ सय ३० वटा बोट गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

जिल्ला भित्र बिभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका लागू औषध गाँजा फडानी गरिएको उहाँको भनाई छ । डिएसपी दाहालले गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाको ६ वटा पुगेर गाँजा फडानी गरेको बताउनुभयो । गाँजा फडानी गरिएका स्थानीय तहहरुमध्ये गोरखा नगरपालिकामा सवैभन्दा धेरै ४६ हजार २ सय गाँजाको बोट नष्ट गरिएको जानकारी दिनुभयो । त्यस्तै गण्डकी गाउँपालिकामा ४२ हजार १० वटा बोट नष्ट गरिएको डिएसपी दाहालको बताउनुभयो ।

प्रहरीले पालुङटार नगरपालिकामा १ हजार ८५०, बारपाक सलिकोट गाउँपालिकामा ९ सय ६०, सहिद लखन गाउँपालिकामा ९ सय बोट, अजिरकोट गाउँपालिका वडा नम्बर २ भच्चेकमा ७ सय ८० बोट गाँजा नष्ट गरेकोे उहाँले बताउनुभयो । त्यस बाहेक चालु आर्थिक बर्षको पहिलो एक महिनाको अबधीमा समेत प्रहरीले जिल्लाका बिभिन्न ९ स्थानमा पुगेर करिब २ हजार गाँजाको बोट नष्ट गरिसकेको डिएसपी दाहालले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १९:४७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology