Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटधाममा आउने दर्शनार्थीलाई लायन्स क्लव देवघाटद्वारा माक्स वितरण

देवघाटधाममा आउने दर्शनार्थीलाई लायन्स क्लव देवघाटद्वारा माक्स वितरण

आशिक राना

२६, श्रावण २०७८
देवघाटधाममा आउने दर्शनार्थीलाई लायन्स क्लव देवघाटद्वारा माक्स वितरण

देवघाट, २६ साउन  । तनहुँको देवघाटधाममा साउने बोलबम मेलामा पुजापाठ र स्नान गर्न आउने तीर्थलु भक्तजनहरुलाई मास्क वितरण गरिएको छ । देवघाट प्रवेशद्वार पुरानो झोलुङ्गे पुलमा हेल्प डेक्स राखी लायन्स क्लब अफ देवघाटले करिब ५ सय मास्क वितरण गरेको क्लबले जनाएको छ ।

images

234903959_337655988101573_1666806365200632204_n.jpg

सो माक्स वितरण कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागी देवघाट प्रवेश मुख्य नाका पुरानो झोलुङ्गे पुलमा थप सतर्कता अपनाएको र तीर्थलु भक्तजनहरुलाइ अनिवार्य रुपमा सामाजिक दुरि कायम गरि मास्क लगाउन अनुरोध गर्दै मास्क वितरण गरेका थिए ।

234411491_3181096398779823_4478975299465191397_n.jpg

कार्यक्रममा लायन्स क्लब अफ देवघाटका अध्यक्ष दधिराम सापकोटाले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने दायित्व हामी सवैको रहेको बताए ।

232310780_3848345725271430_5601917944148541982_n.jpg

कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने, देवघाट समुदाय प्रहरी साझेदारीका अध्यक्ष होम बहादुर भारती, लायन्स क्लब अफ देवघाटका उपाध्यक्ष बसन्त सापकोटा, लायन्स क्लब अफ देवघाट भानुभक्त न्यौपाने, लायन्स क्लब अफ देवघाट सह-सचीव रामु खराल लगाएतको उपस्थिति रहेको थियो ।

231636916_264564988471356_1898789758194620841_n.jpg

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १९:३३:३३ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology