देवघाट, २४ साउन । ईलाका प्रहरी कार्यालय देवघाटको अगुवाईमा देवघाटको वेणी संगम क्षेत्रमा सरसफाई गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पवित्रधाम देवघाटको टाउन चोक देखी विभिन्न सार्वजनिक स्थानहरु देवघाटधाम वरपर, वेणी संगम र नदीको किनार वरिपरि सरसफाइ गरिएको हो।

सो सरसफाइ कार्यक्रममा देवघाट वडा नम्बर ५ का अध्यक्ष याल बहादुर गुरुङले नेपालकै एक पर्यटकीय नगरी भित्र रहेको देवघाटधामको सुन्दर महिमालाई संरक्षण गर्न दायित्व हामी सवैको रहेको बताए। साथै विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटकीय नगरी देवघाटधाममा आउने पर्यटकहरु संख्या अहिले सुन्य जस्तैः भएको उनले बताए।

यसैबिच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको सरसफाइ कार्यक्रम हरेक समुदायले अगाडी बढाउनुपर्ने ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले बताए। साथै देवघाट ईलाका प्रहरी कार्यालयले आगामी दिनहरूमा पनि समुदाय संग यसैगरी समन्वय गरि अगाडी बढ्ने इन्चार्ज लामिछानेले बताए।

सो कार्यक्रममा देवघाट समुदाय प्रहरी साझेदारीका अध्यक्ष होम बहादुर भाराति, देवघाट गाउँपालिका स्वास्थ्य कर्मचारी बिष्णु कमलि, चक्रबति टोल बिकास संस्थाका अध्यक्ष अनिल मिश्र, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे र समाजसेवी रामहरि पुडासैनी लगाएको उपस्थिति रहेको थियो।
