देवघाट, २० साउन । चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपाल अफिसद्धारा देवघाट गाउँपालिकालाई २ वटा अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गरेको छ । मंगलबार चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपाल अफिस अध्यक्ष मेडम चौंले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई सो मेसिन हस्तान्तरण गरेका हुन् । देवघाटका समाजसेवी चन्द्र प्रकाश दवाडीको विशेष पहल र समन्वयमा सो मेसिन आज देवघाट गाउँपालिकालाई हस्तान्तरण गरिएको देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार वुढाथोकीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपाल अफिस अध्यक्ष मेडम चौंले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि केही भएपनि राहत मिल्ने बताए । अध्यक्ष थापाले गाउँपालिकाले जनताको जीवन जोगाउनका लागि सदैव लागि परेको र कोरोना रोकथाममा विशेष भुमिका खेलेको बताएका थिए । थापाले कोरोना भाइरस नियन्त्रण गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको जानकारी दिए । कोरोना नियन्त्रण चुनौतिपुर्ण रहेको भन्दै थापाले भने,त्यसका लागि स्थानिय तहका सबै निकायबिच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष वद्री अधिकारी, एन.सि.इ.सी. का अध्यक्ष अनुप रन्जन भटट्राई,इलाका वन कार्यालयका प्रमुख नवराज घिमिरे,इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सुसिल लामिछाने,देवघाट वुृद्धिजिवी परिषद् अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त लगायतको सहभागिता रहेको थियो । चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपाल अफिसले २ वटा मेसिन सहयोग गरेसँगै १० वटा अक्सिजन कन्सन्टेटर मेसिन गाउँपालिकामा रहेको छ ।