Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

४१ वटा राजनीतिक दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना 

४१ वटा राजनीतिक दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना 

इच्छाकामना न्युज

१९, श्रावण २०७८
४१ वटा राजनीतिक दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना 

काठमाण्डौ, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । १३६ वटा दलहरुवाट लगातार ३ वर्ष सम्म लेखा परिक्षण प्रतिवेदन आयोगमा नबुझाएका ४१ दलहरुलाई खारेजी गरि ९५ वटा दलको मात्र दर्ता कायम गरेको छ ।

images

आयोगको आज बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले सीआईनलाई जानकारी दिनुभयो । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ ।

जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २०:५८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology